गुल्मी । नेपाली काङ्ग्रेस गुल्मीले जिल्लाका ९३ वटा वडामा नै सबल वडा ,सक्षम टाेल कार्यक्रमकाे शुभाराम्भ गरेको छ ।कांग्रेस पार्टीलाई जिल्लामा सबल र सक्षम पार्टी बनाउन सबै तहका नेता तथा कार्यकर्ताहरु सक्रिय हुनुपर्ने भएकोले यो अभियानको आवश्यकता परेको नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए ।
हरेक वडामा फरक फरक प्रतिनिधिलाई जिम्मेवार दिएर पठाएको हाे । टाेल टाेल र वडामा रहेका पार्टी कार्यक्रतालाई सक्रिय बनाए मात्र देशलाई काङ्ग्रेसमै बनाउँन सकिने सभापति पन्थीले बताएका छन् ।
आन्तरिक प्रतिस्पर्धालाई शक्तिमा रुपान्तरण गरि एक हाै - प्रेस युनियन सभापति कुवँर
नेपाल प्रेस युनियन गुल्मीका सभापति रेशम कुवँरले पार्टी भित्रकाे आन्तरिक लडाइँलाई एउटा शक्तिकाे रुपमा रुपान्तरण गरि निकट भविष्यमा हुन गइरहेकाे ३ तहको निर्वाचनमा काङ्ग्रेस उम्मेदवारलाई विजय गराउन एक हुनुपर्ने बताएका छन् ।
मंगलबार सबल वडा ,सक्षम टाेल कार्यक्रम शुभाराम्भ कार्यक्रम शुभाराम्भ गर्नको लागि इस्मा गाउँपालिका १ नम्बर वडामा शुभाराम्भ गर्दै सभापति कुवँरले टाेल टाेल र बस्ती बस्ती बाट कार्यक्रतालाई जगाएर मजबुत र बलियो काङ्ग्रेस बनाउँनुपर्ने बताए ।
त्यस्तै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महतले २५ बर्ष सम्म एउटै व्याक्तिलाई चुनाव जिताएर पठाउँदा पनि बिकास पाउँन नसकेको दुखेसो व्याक्त गरेका छन्
उनले इस्मा गाँपालिकाले गरेको अनियमितता र भ्रष्टाचारको बिषयमा पनि गाउँपालिकाले चाेखिनाकाे लागि बिज्ञप्ती निकालि गाउँपालिकाकाे लेटरप्याडकाे दुरुपयोग गरेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology