काठमाडौं । नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।
नेपालले मलेसियासँगको एएफसी एशियन कप छनौट अन्तगतको खेल अघि यो मैत्रीपूर्ण खेल खेल खेल्न लागेको हो । नेपालले नोभेम्बर १८ मा मलेशियाविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपाल र बंगलादेशबीच अहिलेसम्म २५ खेल भएका छन् । जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल खेलेको छ । त्यस्तै ४ खेल बराबर भएका छन् ।
मुख्य प्रशिक्षक हरि खड्काले दुवै खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।
नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार अरिक बिष्ट, मणिकुमार लामा, कुशल देउवा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, लेकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, दिपेश गुरुङ, गिलेस्पी जंग कार्की, अन्जन विष्ट, आयुष घलान, दिनेश हेञ्जन, सुवास बम र आदित्य शाक्य रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology