Logo

२०८३, आश्विन ९गते


images
images

आखिर प्रेम नै त हो - बाँच्ने आधार

आखिर प्रेम नै त हो - बाँच्ने आधार

images
  • सेतोमसी सहकर्मी
  • आखिर प्रेम नै त हो - बाँच्ने आधार
    images
    images

    जीवनमा मानिसलाई प्रेमले नै बाच्ने अधार बनाएको हुन्छ । न यसले उमेर हेर्छ, न जात, न त धन सम्पत्ति नै । यदि तपाईं सडकमा एक्लै हिड्दै हुनुहुन्छ अनि तपाइंको दिमागमा मात्र त्यहि मान्छेको याद घुमिरहन्छ। तपाईका वरिपरि धेरै चीजहरू हुन्छन् तर तपाईको यादमा भने उही मान्छे मात्र आइरहन्छ भने तपाइँले उसलाई सच्चा प्रेम गर्नुभएको  छ।

    images
    images
    images


    यस्तो त्यहि अवस्थामा मात्र हुन्छ जव तपाईं कसैलाई साँचो प्रेम गर्नुहुन्छ।

    images
    images
    images

     
    तपाइँ आफ्नो मनपर्ने प्रेम गीत सुनेर मात्र उसैलाई याद गर्नुहुन्छ र तपाइँ लाग्छ कि गीतका प्रत्येक शब्द तपाइँलाई ध्यानमा राखेर लेखिएको छ? अनि आँखा चिम्लिएर उसलाई सम्झदै त्यो गीतका शब्दमा हराउनु हुन्छ? हो, साँचो प्रेम हुँदा अक्सर यस्तो हुने गर्छ। गीतका प्रत्येक सब्दमा आफ्नो सम्बन्ध कल्पना गरिन्छ अनि कहिले मुस्कुराउना थालिन्छ त कहिले आँशु झारिन्छ भने तपाइँ प्रेमको गहिराईमा डुबिसक्नु भएको छ।

    images
    images
    images


    अनि तपाईंलाइ त्यस व्यक्तिको हरेक खराब र आचरण  व्यवहार पनि मन पर्छ र उसका गल्तीहरूलाई पनि नजर अन्दाज  गर्नुहुन्छ भने आफुले प्रेम गरेको मान्छेको बचपना पनि मन पर्छ। उसले गरेका गल्तिहरु पनि आफुलाई प्यारो लाग्छ। यदि तपाईंलाइ पनि त्यस्तो हुन्छ भने पक्का तपाइंलाई साँचो प्रेम भएको छ।


    तपाइँहरु बीच झगडा,  बहस भइ रहन्छ अनि अन्त्यमा सबै भुलेर शान्त हुनुहुन्छ। साँचो प्रेम गरेको मान्छेसंग जति नोकझोक भएपनि केहीबेरमा सबै बिर्सिएर फेरी सामान्य हुनेगर्छ। प्रेम भएको सम्बन्धमा यस्ता मनमुटाव धेरै समय टिक्न सक्दैनन्।

     
    ऊ बाट केहि टाढा हुँदा तपाईं आफुलाई अधुरो महसुस गर्नु हुन्छ चाहे तपाईं वरिपरी जतिसुकै मान्छे भएपनि तपाईंका आखाले  उसैलाई खोजि रहन्छन् भने  हो, साँचो प्रेम गरेको मान्छे संग केहीबेर टाढा हुँदा पनि बर्षौ बाट टाढा भए झैं महशुस हुन्छ। अनि कहिले ऊ संग नजिक हुने भनेर हतार भइ रहन्छ।


    दुखि हुँदा तपाइँ पनि दुखि हुनुहुन्छ  अनि तपाईं चाहानुहुन्छ कि जे गरेर भएपनि उसको दुख मेटाउन पाए हुन्थ्यो भनेर सोची रहनु भएको छ भने त्यो तपाइँको सच्छा माया हो।


    तपाईं उसलाई खुशी राख्नको लागि आफ्नो अरु महत्वपुर्ण कुरापनि छोड्न सक्ने तागत राख्नुहुन्छ र मिठो बोली सुन्न मा सधै आशावादी हुनुहुन्छ भने तपाइलाई उसको मायाले धेरै सताएको हुन्छ।

    - गीता घिमिरे, सुनसरी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।