Logo

२०८३, कार्तिक २७गते


images
images

गाउँकाे माया छपक्कै मनैमा

गाउँकाे माया छपक्कै मनैमा

images
  • सेतोमसी सहकर्मी
  • गाउँकाे माया छपक्कै मनैमा
    images

    कृष्ण अन्जान, गुल्मी। आफ्नाे माटाे र मातृभूमि कस्लाइ प्याराे हुँदैन र केही समय अवसरकाे खाेजिमा गाउँ छाेडेपनि जिवनका पुर्वार्धमा गाउँ र जन्मठाउँकाे मायाले सबैलाई तान्दाे रैछ ।

    images
    images
    images

    हुनत गाउँ छाडेर जाने हरुपनि छन तर गाउँ छाडेर जानेहरूको भन्दा गाउँ फर्किने हरुकाे विशेष महत्त्व राख्छ गाउँले ।
    रुरुक्षेत्र गाउँपालिका वडा न १ ठाडाबाटाका ऋषिराम ज्ञवाली करिव ३० वर्षको शहर बसाइलाइ पुर्ण विराम दिँदै अाफ्नाे पुर्ख्यौली थलाे च्यूरेककाे राताखर्कमा फर्केर बाँझाे र बन्जर बारिलाइ खनखाेरस मात्र हाेइन अाफुले शहर तिर जानेकाे जडिबुटी अौषधि बनाउने सिपलाइ सदुपयोग गर्दै बारिमा अायुर्वेद अौषधि जन्य जडिबुटी लागाउन शुरु गरेका छन ।

    images
    images
    images

    अवसरकाे खाेजिमा शहर पसियाे वसियाे तर समयले गाउँ माग्याे र फर्केँ गाउँमा जस्तो अात्मियता शहरमा हुँदैन भाइ ऋषिराम ले भने । अाजिवन व्रम्हचर्यमा वसेका ज्ञवाली याेग गुरु पनि हुन र  यसक्षेत्रका विध्यालय हरुमा याेग शिक्षाकाे तयारी गरेका छन ।
      
    रुरुक्षेत्र १ च्यूरेकक उपल्लार का अाेम ज्ञवाली लाई गाउँ भनेपछि हुरुक्कै छ ।वरिष्ठ लाेक गाएक तथा सँगितकार समेत रहेका  अाेम ज्ञवाली महिनाकाे दुइचार दिन गाउँमै वस्वन  ।पछिल्लो पटक त स्थानिय नेटाइ पाेखरिमा नयाँ घर बनाउनु भएकाे छ र  अब गाउँ धेरै समय गाउँलाई दिने बताउँछन ।
       
     याे अात्मियता सँग टाढा हुने कुरै भएन यहिमाटाे मा पसिना बगाइयाे मुरलि बजाउँदै  बनतिर स्याउला काटेकाे मादल खैँजडि हार्माेनियम बजाएर यहि गाउँ सँगित सिकेकाे अाटाे राेटाे खाएर रमाएकाे बिर्सन सक्दिन गाउँ अाउँदा माटाे बसाउँछ अाेम ज्ञवालीकाे भनाइ छ ।
         
     च्यूरेक प्राविमा लामाे समय अध्यापन गरेर भैरहवा तिर सरेका भएका सुर्य प्रसाद खनाललाइ पनि अाफ्नाे गाउँकाे मायाले तानेको छ ।दिनदिनै फाेनमा गाउँघरकाे हाल खवर साेध्ने खनाल पनि शहरकाे देखावटि बैभवता भन्दा गाउँकाे सरल पन नैअात्मिय भएकाे बताउँछन ।
        
     बुटवल तिर घरजम गरिसकेका रुरु १ च्यूरेकका हरि ज्ञवालीले त गाउँ राम्रै मुल्यमा जग्गा खरिद गरेर घर बनाउँदै छन र गाउँमा महिनाकाे २ , ३ दिन अाउँछन ।
        
     च्युरेक गाउँबाट करिव ७० प्रतिशत वासिन्दा शहर पलाएन भएकाे तथ्यांक  थियाे तर पछिल्लो चरणमा याे घटेर ५० प्रतिशतमा झरेकाे छ ।याे शुखद पक्ष हाे ।
       
     पछिल्लो चरणमा सालविसाउना स्यालपाेखरी पानीटँकि सडककाे स्तराेन्नति र रिडीकाे पुनर्संरचनाका कारण पनि शहर जाने हरुलाई गाउँले तानेको छ भने काेभिड महामारी पछि गाउँकाे माया छपक्कै लागेकाे पाईएकाे छ ।
       
     त्यसाेत गाउँ नछाडेका अभियन्ता हरु पनि धेरै छन ।प्रदेश साँसद कमल श्रेष्ठ काे घर पनि रुरु ३ थानपतिमा पर्छ ।तर शहरकाे बसाइ उनलाई  पटक्कै मन छैन र गाउँ छाड्ने हरु प्रति सधै वहाँकाे गुनासाे छ ।परिश्रम  र पौरखताले गाउँकै माटाेमा सुन फल्छ भन्नुहुने साँसद कमलराज श्रेष्ठले अाफ्नै घरमा तरकारी खेती कुखुरापालन गरेर सबैलाइ स्वावलम्वी बन्न प्रेरित गरेका छन  ।
       
     रुरुक्षेत्र गाउँपालीका अध्यक्ष निलकण्ठ गौतमलाइ त बारिमा एक दुई घन्टा परिश्रम नगरि चित्तै बुझ्दैन ।गाउँ पालिकाकाे कामबाट फुर्सद निकालेर अध्यक्ष गौतम बारिमा तरकारी खुर्सानी कागतिकाे खनजाेत स्याहारसुसार गर्न रमाउने बानि छ गौतमकाे ।
        
     जीवन भरि  अादर्शकाे राजनीति गरेका  निलकण्ठ गौतम कसैले गाउँ छाडेर जाने कुरा गरे रिसाउँछन ।रुरुक्षेत्र गाउँ पालिकाकाे अध्यक्ष भै सकेपछि युवा हरुलाइ कृषि पशुपालन लघु उधाेगमा लाग्न उत्प्रेरित गर्नु गौतमकाे पहिलाे अभिष्ट हाे र गाउँमै राेजगार सिर्जना गरेर पलाएन राेक्नु पर्ने धारणा उनकाे छ ।
      
    निश्चचय पनि गाउँकाे सरलता  सौन्दर्यता र अात्मिय पनाकाे मापनकाे अाधार छैन ।गाउँ फर्केर अाफ्नै थात थलाेमा रमाउन सके गाउँ समृद्धि हुनेमा दुइमत छैन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाउँकाे माया
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।