Logo

२०८३, आश्विन १०गते


images
images

पुर्वमन्त्री बिष्टको गाउँमा काङ्ग्रेसको टाेलसमिति गठन,२८ जना एमाले छाडेर काङ्ग्रेसमा प्रवेश

पुर्वमन्त्री बिष्टको गाउँमा काङ्ग्रेसको टाेलसमिति गठन,२८ जना एमाले छाडेर काङ्ग्रेसमा प्रवेश

images
  • पुर्वमन्त्री बिष्टको गाउँमा काङ्ग्रेसको टाेलसमिति गठन,२८ जना एमाले छाडेर काङ्ग्रेसमा प्रवेश
    images
    images

    गुल्मी । गुल्मीकाे इस्मा गाउँपालिकामा नेपाली काङ्ग्रेसले टाेल समिति गठन गरेको छ । गाउँपालिकाकाे वडा नम्बर ४ साविककाे वडा नम्बर २ कल्यारमा टाेल समिति गठन गरिएको हो ।

    images
    images
    images

    कल्यारमा नारायण खड्काकाे नेतृत्वमा ४१ सदस्यीय टाेल समिति गठन गरिएको नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रम गाउँपालिकाका सभापति कृष्ण रिजाल प्रसाद रिजालले कम्युनिस्टबाट बितृष्णा पैदा भई काङ्ग्रेसमा जनताको आकर्षण बढेको बताएका थिए । कार्यक्रममा नेकपा एमाले परित्याग गरेर २८ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाे रिजालले बताए । उक्त २८ जना  हरि गुरुङकाे नेतृत्वमा नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन्  ।

    images
    images
    images

    कार्यक्रममा  नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका वडा नम्बर १ का सभापति चुरा बहादुर खत्रीले अहिलेकाे परिवेशमा जनताले विश्वास गरेर कम्युनिस्टलाई दुई तिहाइ मत दिएर सरकारमा पुराएपनि कम्युनिस्टले बीचमै जनतालाई अलपत्र परेकोले गाउँगाउँमा काङ्ग्रेसप्रति आकर्षण बढेको बताए । 

    images
    images
    images

    नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाका सचिव इश्वरी प्रसाद घिमिरेले संचालन गरेको उक्त टाेल समिति कार्यक्रममा  वडा नम्वर ४ वडा उपसभापति महेन्द्र थापाले स्वागत मनतब्य राखेका थिए  । साेही वडाका सभापति मन बहादुर दर्लामीकाे सभापतित्वमा कार्यक्रम गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।