Logo

२०८३, आश्विन १०गते


images
images

कला

अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार सम्पन्न

अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार सम्पन्न

images
  • अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार सम्पन्न
    images
    images

    काठमाडौँ । बलिवुडका प्रसिद्ध अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार भएको छ । सोमवार मुम्बईको विले पार्ले शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको हो ।

    images
    images
    images

    अन्त्येष्टिमा उनका नजिकका आफन्तहरू उपस्थित थिए । ८९ वर्षीय प्रसिद्ध अभिनेता धर्मेन्द्रको मृत्युको खबर फैलिएपछि, विले पार्ले शवदाह गृह बाहिर मिडिया र प्रशंसकहरूको भीड जम्मा भएको थियो ।

    images
    images
    images

    धर्मेन्द्रको सोमवार दिउँसो स्थानीय समय अनुसार १:२० बजे सनी देओल, बबी देओल, ईशा देओल, श्रीमती हेमा मालिनी र धेरै नजिकका आफन्तहरूको उपस्थितिमा दाहसंस्कार गरिएको थियो ।

    images
    images
    images

    धर्मेन्द्रको अन्तिम बिदाइमा फिल्म उद्योगका धेरै सेलिब्रेटीहरु पनि शवदाह गृहमा पुगेका थिए । धर्मेन्द्रलाई अन्तिम विदाई दिनेहरूमा अमिताभ बच्चन, अभिषेक बच्चन, शाहरुख खान, रणबीर कपूर, दीपिका पादुकोण, गोविन्द, आमिर खान, लेखक सलीम खान, संजय दत्त, अनिल कपूर, निर्देशक रमेश सिप्पी र गायक मिका सिंह जस्ता प्रमुख व्यक्तित्वहरू शवदाह गृह पुगेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।