Logo

२०८३, आश्विन १०गते


images
images

अल्पसँख्यक छन्त्याल समुदायले मनाए छारम्हेङ

अल्पसँख्यक छन्त्याल समुदायले मनाए छारम्हेङ

images
  • अल्पसँख्यक छन्त्याल समुदायले मनाए छारम्हेङ
    images
    images

    लाेक प्रसाद छन्त्याल, गुल्मी ।मुसिकोट नगर पालिका ८ गुल्मीका अल्पसंख्यक छन्त्याल समुदायले नयाँ बर्ष छारम्हेङ पर्व मनाएको छ।माघ १ गते नेपाल सरकारले छन्त्याल जातीयको एतिहासिक पर्व भनेर मान्यता दिने गरेको छ् । यस छारम्हेङ लाई छन्त्याल समुदायले राष्ट्रिय पर्ब रूपमा मान्यता  दिएको पाइन्छ ।

    images
    images
    images

    छन्त्याल जातिहरु को उदगम थातथलो म्याग्दीको गुर्जाखानी हो।ढाेपाटन को स्यालपाखा स्थित छिन्तुङ घाटवाट  यी जातीकाे  एतिहासिक नाम रहेको छन्त्याल पुर्बजहरुको भनाइ रहदै आएको छ।  
       
    कालान्तर देखी छन्त्याल जातिले तामा फलाम आदिको खानी तीन हात तलको माटाे  सुघेर तामाको धाउ पत्ता लगाइ उत्खनन गर्दै आएका लिखित ईतिहास रहेको छ।        

    images
    images
    images

    म्याग्दीबाट बाग्लुङ धम्जा हुँदै मुसिकोट गुल्मी वामी खोडारीखानी नामबाट प्रचित मालारानी क्षेत्रमा तामा र फलाम उत्खनन गरेको प्रमाण अहिलेसम्म भेटिन्छ । 
       
    करिब बिक्रम संवत् १६ सय ८०/९० मा खानीको खोजीमा घर्ती थरको मगरको जमिनमा धाउ उत्खनन गर्ने अनुमति लिइ खानी खानी खनेको अबशेषहरु  रहेका छन  ।

    images
    images
    images

    चुरेहिमाल काख क्षेत्रमा उपल्लो २२ खानी तथा गुल्मी भार्से रेमि वामी बडागाउँ ईलाका एबं बाग्लुङ सिसाखानी पान्डुखानी आदि स्थानमा तल्लो २२ खानी बाट चिनिने यो क्षेत्रका छन्त्यालहरुले तामा र फलामको तोकलगाउन बाग्लुङ जाने र ३६ धार्नी सम्म भेजा तिर्नुपर्ने बाध्यता रहेकाे इतिहासमा उल्लेख छ ।

    यो जातिले आफुलाई प्रकृति पुजक जाति भएको बताएका छन् । यद्यपि वायुबतास जलथल सिमेभुमे ढुङ्गाको देवता स्थापित गरि पुजा गर्ने र भुमि अर्थात पृथ्वी पुजा गर्ने भएकाले माघ १ गते तरुल भेकुरको परिकार  सिस्नो सेलरोटी आदि चढाउने पित्री पुजा गर्ने भगवानको प्रतीक ढुङ्गा राखी पुज्ने बारथरीका पितापुर्खाको नाममा बत्ती प्रज्वलन गर्ने र आफ्नो सास्कृती प्रदर्शनी गर्ने गर्द्छन।

    यश वर्ष पनि छारम्हेङ.राष्ट्रिय पर्वको अबसरमा छन्त्याल समुदायले छन्त्यालको प्रतिनिधित्व गर्ने जानजाति पत्रकार माहासंघ fonij को जिल्ला अध्यक्ष लोक प्रसाद छन्त्याल  तथा सदस्य हरि कुमारी छन्त्याललाई दोसल्ला ओढाएर प्रमाण पत्र सहितले सम्मान गरेको गरिएकाे थियाे ।

    छारम्हेङ.को अबसरमा राष्ट्रिय रेफ्री मान्यता प्राप्त युवा नवीन छन्त्याल ८४ देखि  ८९ बर्ष सम्मका तीन जना बयोवृद्धहरुलाई सम्मान समेत गरिएकाे  थियाे ।
    कार्यक्रममा  भैलोसोरथी सालैजो कौदानृत्य तथा भाले छोप प्रतियोगिता लगायत महिला पुरुषको लुठाेतान  चियर रेस आदि कार्यक्रम गरि सम्पन्न भएको थियो।

    दुई दिने कार्यक्रममा नेपाल आदिवासी जनजाति समन्वय समिति गुल्मीका सचीव बोम बहादुर छन्त्यालको प्रमुख आतिथ्यमा विशिष्ट अतिथि वडा अध्यक्ष नारायण सापकोटा सदस्य क्या"पुर्ण बहादुर घर्ती , क्लवका  अध्यक्ष राम बोहरा सन्देश खत्री ,सालिमे मौरी पालन कृषि अध्यक्ष चुमा घर्ती, लगायत सामाज सेविहरुको सहभागितामा लोक प्रसाद छन्त्यालको सभापतित्व ,हरि कुमारी छन्त्याल तथा नवीन छन्त्यालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छन्त्याल समुदाय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।