Logo

२०८३, भाद्र १गते


images
images

सम्बन्ध सुधार

ट्रम्प र सी जिनपिङबीच फोन वार्ता

ट्रम्प र सी जिनपिङबीच फोन वार्ता

images
  • ट्रम्प र सी जिनपिङबीच फोन वार्ता
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ । फोन वार्तामा नेताहरूले युक्रेनको युद्ध, फेन्टानिल तस्करी र किसानहरूका लागि सम्झौताहरूबारे छलफल गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले वार्ता बारे जानकारी दिदै भनेका छन्- 'हामीले हाम्रा किसानहरूका लागि राम्रो र धेरै महत्त्वपूर्ण सम्झौता गरेका छौं । यो राम्रो हुनेछ । चीनसँगको हाम्रो सम्बन्ध धेरै बलियो छ ।'

    images
    images
    images

    साथै ट्रम्पले अप्रिलमा चीन भ्रमण गर्ने सीको निमन्त्रणा स्वीकार गरेको र वर्षको अन्त्यमा सीले अमेरिका भ्रमण गर्ने पनि बताए ।

    images
    images
    images

    चीनद्वारा जारी विज्ञप्तिमा सी जिनपिङले दोस्रो विश्वयुद्ध पछि ताइवानलाई अन्तर्राष्ट्रिय प्रणालीको अभिन्न अंग भनेका छन् । उनले युक्रेनमा दीर्घकालीन शान्तिको आशा राखेको उल्लेख छ ।

    लामो समयदेखि, संयुक्त राज्य अमेरिकाले ताइवानको सार्वभौमिकताको पक्ष लिएको छैन, तर ताइवानमा बल प्रयोगको विरोध गर्दछ । ट्रम्प प्रशासनले हालै ताइवानलाई ३३० मिलियन डलरको हतियार बिक्रीलाई अनुमोदन गरेको छ, जसको बेइजिङले कडा विरोध गरेको थियो ।

    ट्रम्पले सीसँगको कुराकानीमा फेन्टानिल, भटमास र अन्य कृषि उत्पादनहरूको बारेमा पनि छलफल भएको बताएका छन् । चिनियाँ विदेश मन्त्रालयले बुसान बैठक पछि दुई देशहरू बीचको सम्बन्धमा स्थिर र सकारात्मक प्रगति भएको बताएको छ, यद्यपि व्यापार वा भटमास खरिदमा ठोस सम्झौताको कुनै उल्लेख गरिएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।