Logo

२०८३, आश्विन १०गते


images
images

बाघ पाइने देशका मन्त्रीहरूको भर्चुअल बैठक : संरक्षणका चुनौती र उपलब्धीबारे छलफल

बाघ पाइने देशका मन्त्रीहरूको भर्चुअल बैठक : संरक्षणका चुनौती र उपलब्धीबारे छलफल

images
  • बाघ पाइने देशका मन्त्रीहरूको भर्चुअल बैठक : संरक्षणका चुनौती र उपलब्धीबारे छलफल
    images
    images

    काठमाडौ । नेपालमा बाघ गणना भइरहेकै बेला बाघ पाइने एसियाली मन्त्रीहरुको चौथो बैठक भर्चुअल रुपमा बुधबारदेखि सुरु भएको छ । बाघ पाइने देशमध्येको मलेसिया सरकार र ग्लोबल टाइगर फोरम (जीटीएफ) को संयुक्त आयोजनामा भएको यो बैठकमा बाघ संरक्षणका चुनौती र अहिलेसम्मका उपलब्धिबारे अनुभव आदान–प्रदान हुनेछ ।

    images
    images
    images

    बुधबार सुरु भएको बैठकमा पहिलो चरणमा बाघ पाइने सबै देशका सरकारी अधिकारी, सहयोगी संस्थाका प्रतिनिधि र विशेषज्ञहरुले अहिलेसम्म बाघ संरक्षण, बाघका चुनौती र दोब्बर बनाउने घोषणामा भएका उपलब्धिबारे अनुभव साटेका छन् ।

    images
    images
    images

    नेपालका तर्फबाट बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले बाघ संरक्षणमा नेपालको अवस्थाबारे जानकारी गराउनुभयो। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले बैठकलाई शुक्रबार सम्वोधन गर्दै नेपालले बाघ संरक्षणमा प्राप्त गरेको उपलब्धि र चुनौतीबारे विस्तृत रुपमा उल्लेख गर्ने जनाइएको छ। 

    images
    images
    images

    बाघ पाइने एसियाली देशका मन्त्रीहरुको तेस्रो बैठक सन् २०१६ मा भारतको नयाँदिल्लीमा भएको थियो । चौथो बैठक सन् २०२० मा मलेसियामा गर्ने तय भएकामा कोभिड संक्रमणका कारण स्थगित भयो। 


    बाघ पाइने १३ देशका राष्ट्रप्रमुखहरुको सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो सम्मेलनले यही वर्ष (सन् २०२२) प्राकृतिक वासस्थानमा बाघको संख्या सन् २०१० मा भन्दा दोब्बर बनाउने संकल्प गरेको थियो। घोषणा भएको बेला नेपालमा बाघको संख्या १२१ थियो भने विश्वभर ३ हजार २०० थियो । सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २३५ छ । मंसिर १९ देखि देशभर बाघ गणना जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।