Logo

२०८३, आश्विन १०गते


images
images

देवदह देखि बाजुरासम्म : सामाजिक सेवा समूहले वितरण गर्यो न्यानो लुगा

देवदह देखि बाजुरासम्म : सामाजिक सेवा समूहले वितरण गर्यो न्यानो लुगा

images
  • देवदह देखि बाजुरासम्म : सामाजिक सेवा समूहले वितरण गर्यो न्यानो लुगा
    images
    images

    बुटवल । सामाजिक सेवा समूह फाउन्डेसन नेपालले देशका विभिन्न स्थानका अतिविपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । न्यानो कपडा वितरण अभियान - २०७८ अभियान नै चलाएर सो समूहले देवदह, काभ्रे, मर्चवार, सुस्ता हुँदै बाजुराको धापाशीमा गरि ५ सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको फाउन्डेसनका केन्द्रिय सचिव रोहित वाग्लेले बताए ।

    images
    images
    images


    सो फाउन्डेसनका बुटवल कार्यवाहक अध्यक्ष समेत रहेका वाग्लेले पुषको पहिलो हप्ताबाट सूरु गरिएको न्यानो कपडा वितरण अभियान देशको पश्चिमी क्षेत्र बाजुरामा समेत पुगेको बताए । उनले भने - "विभिन्न कठिनाईका वावजुत पनि हामीले विद्यार्थीलाई न्यानो कपड़ा वितरण सफल भएका छौँ ।" 

    images
    images
    images


    अतिविपन्न विद्यार्थीलाई न्यानो कपडा वितरणका लागि देउँसो भैलो खेल्ने देखि चिया र फुल्की स्टल हुँदै म्युजिक कार्यक्रम समेत संचालन गरेर संकलन गरेको रकमबाट विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको सो समूहले जनाएको छ ।

    images
    images
    images


    झण्डै २ लाख रकम खर्छ भएको उक्त अभियानमा अभियन्ता वाग्लेसंगै, बालकृष्ण भण्डारी, विमल पन्थी लगायतको सक्रिय सहभागीता रहेको थियो ।


      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।