Logo

२०८३, आश्विन ९गते


images
images

अर्थ

हीरक जयन्तीका अवसरमा काठमाडौंमा चेम्बरको वाकाथन

हीरक जयन्तीका अवसरमा काठमाडौंमा चेम्बरको वाकाथन

images
  • हीरक जयन्तीका अवसरमा काठमाडौंमा चेम्बरको वाकाथन
    images
    images

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा काठमाडौंमा आज वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

    images
    images
    images

    मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा शिक्षा तथा खेलकुद समितिद्धारा काठमाडौंको जमलस्थित चेम्बर भवनबाट शुरु भएको वाकाथन कार्यक्रम  रानीपोखरी, नेपाल उलहाउस, जनबहाल, मखन, दरबार स्क्वायर हुदै झोछेमा गएर समापन भएको थियो । 

    images
    images
    images

    हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरु, निजी क्षेत्रका प्रतिष्ठित खेलाडी लगायत करिव ३ सय जनाको सहभागिता रहेको थियो । 

    images
    images
    images

    चेम्बरको ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सभापति राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सवैभन्दा पुुरानो संस्था चेम्बरले स्थापनाको ७५ औं वर्षगाठलाई भव्य रुपले सम्पन्न गर्न यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । वर्तमान अवस्थामा उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि पनि यस्ताखाले कार्यक्रमहरु आयोजना गरिएको बताए ।

    चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वाकाथनका क्रममा काठमाडौंका विभिन्न स्थानको परिक्रमा ऐतिहासिक महत्वका स्थलहरुको पर्वद्धन गर्न महत्वपूर्ण भएको बताए ।

    साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चेम्बर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।