Logo

२०८३, आश्विन ९गते


images
images

आइपीएल

फाफ डु प्लेसिसले आइपीएल छोडेर पीएसएल खेल्ने

फाफ डु प्लेसिसले आइपीएल छोडेर पीएसएल खेल्ने

images
  • फाफ डु प्लेसिसले आइपीएल छोडेर पीएसएल खेल्ने
    images
    images

    काठमाडौँ । दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिसले आइपीएल नखेल्ने भएका छन् । 

    images
    images
    images

    फाफ डु प्लेसिसले २०२६ मा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भन्दै आगामी डिसेम्बरमा हुने आइपिएलको अक्सनमा सहभागी नहुने घोषणा गरेका हुन् । उनले एक पोस्टमा डिसेम्बर १६ मा अबुधाबीमा हुने आइपिएलको मिनी अक्सनमा भाग नलिने घोषणा गरेका छन् ।

    images
    images
    images

    ४१ वर्षीय खेलाडीले लेखेका छन्- 'भारतले सधैं मेरो हृदयमा विशेष स्थान राख्नेछ । यो बिदाई होइन, तपाईंले मलाई फेरि भेट्नुहुनेछ । यस वर्ष मैले नयाँ चुनौती लिने निर्णय गरेको छु । म आगामी पीएसएल सिजनमा खेल्नेछु ।'

    images
    images
    images

    फाफ डु प्लेसिस गत सिजन दिल्ली क्यापिटल्सको हिस्सा थिए । नोभेम्बर १५ मा जारी गरिएको रिटेन्सन लिस्टमा उनलाई दिल्लीले रिलिज गरेको थियो । उनले २०२२ देखि २०२४ सम्म तीन सिजन रोयल च्यालेंजर्स बैंगलुरुको कप्तानी गरेका थिए ।  फाफ डु प्लेसिसले १५४ आईपीएल खेल खेलेका छन् । उनले २०१२ मा चेन्नई सुपर किंग्सबाट आफ्नो आईपीएल करियर सुरु गरेका थिए । त्यसपछि उनी राइजिङ पुणे सुपरजायन्ट्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्लीबाट खेलेका छन् ।

    उनले आइपिएलमा १३५.७८ को स्ट्राइक रेटमा ४ हजार ७७३ रन बनाएका छन्, जसमा ३९ अर्धशतक पनि समावेश छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइपीएल
  • # पीएसएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।