Logo

२०८३, श्रावण ३१गते


images
images

मौद्रिक नीति

राष्ट्र बैंकको मौद्रिक नीति : पहिलो त्रैमासिक समीक्षा

राष्ट्र बैंकको मौद्रिक नीति : पहिलो त्रैमासिक समीक्षा

images
  • राष्ट्र बैंकको मौद्रिक नीति : पहिलो त्रैमासिक समीक्षा
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले आर्थिक क्षेत्रमा ‘सावधानीपूर्वक सहजता’ जस्तै सन्देश दिएको छ। नीतिगत दर घटाइएका छन् भने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा दोब्बर बढाइँदै उपभोक्तालाई थप राहत दिने संकेत गरेको छ।

    images
    images
    images

    समीक्षाअनुसार नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशतमा झारिएको छ। करिडोरको माथिल्लो सीमा-स्थायी तरलता सुविधा दर-६ बाट ५.७५ प्रतिशतमा झारिएको छ भने तल्लो सीमा स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत यथावत् राखिएको छ।

    images
    images
    images

    उता, बैंक तथा वित्तीय संस्थाबाट पाइने व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको सीमा ५० लाखबाट एकैपटक १ करोडमा पुर्‍याइएको छ। उपभोक्ताको खर्च क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने यो निर्णयले बैंकिङ क्षेत्रको ‘तरलता सहज, कर्जा कडा’ अवस्थालाई केही हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    अर्थतन्त्रमा ताजा तस्वीर : महंगी झरेको, तर कर्जा विस्तार सुस्त

    राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकअनुसार असोजमा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनाको ४.८२ प्रतिशतको तुलनामा धेरै न्यून हो। तरकारी,मसला,दालको मूल्य ऋणात्मक हुँदा खाद्य समूह नै घटेको देखिन्छ।

    बैंकिङ क्षेत्रमा तरलता प्रशस्त छ, ब्याजदर पनि कम; तर निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने गत वर्षभन्दा सुस्त छ। असोज मसान्तसम्म निजी क्षेत्रका लागि कर्जा वृद्धि १.५ प्रतिशतमा सीमित रह्यो।

    विदेशी क्षेत्रमा भने आशाजनक संकेत देखिन्छ। पहिलो त्रैमासमै निर्यात ८९.६ प्रतिशतले बढेको छ। आयात पनि बढे पनि विप्रेषण ३५.४ प्रतिशतले उफ्रँदा विदेशी मुद्रा सञ्चिति १६.४ महिनाको आयात धान्न सक्ने अवस्थामा पुगेको छ।

     

    जेन–जी आन्दोलन : मनसुन ढिलाइ र वर्षाको प्रभाव

    समीक्षामा जेन-जी आन्दोलनका कारण मानव तथा भौतिक क्षति भएको उल्लेख छ। मनसुन ढिलाइ र असोजमा परेको अविरल वर्षाले धानलगायत वर्षे बाली प्रभावित भएको राष्ट्र बैंकको विश्लेषण छ।

    तर आन्दोलनपछि बनेको सरकारले आफ्नो प्राथमिकतामा शान्ति सुरक्षा, पुनर्निर्माण र निजी क्षेत्रमैत्री नीतिगत सहजतालाई स्पष्ट रूपमा अगाडि सारेको उल्लेख गरिएको छ।

    विश्व अर्थतन्त्र : मन्दतर वृद्धिदर, तर मुद्रास्फीति घट्दो

    अन्तर्राष्ट्रिय मुद्राकोषका ताजा प्रक्षेपणअनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशत रहने देखिएको छ। विकसित अर्थतन्त्र १.६ प्रतिशतले मात्र अघि बढ्नेछन् भने उदीयमान अर्थतन्त्र ४.२ प्रतिशतले अघि बढ्ने अनुमान छ।

    भारत र चीन दुवैको वृद्धि केही स्थिर देखिए पनि मुद्रास्फीति दुवै देशमा कम रहने पूर्वानुमान गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।