Logo

२०८३, भाद्र १गते


images
images

ह्वाइटहाउसले सार्बजनिक गर्यो ट्रम्पको स्वास्थ्य परिक्षण रिपोर्ट

ह्वाइटहाउसले सार्बजनिक गर्यो ट्रम्पको स्वास्थ्य परिक्षण रिपोर्ट

images
  • ह्वाइटहाउसले सार्बजनिक गर्यो ट्रम्पको स्वास्थ्य परिक्षण रिपोर्ट
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्बजनिक गरिएको छ ।

    images
    images
    images

    ह्वाइटहाउसले जारी गरेको जानकारीमा ७९ वर्षीय ट्रम्पको मुटु र पेटको एमआरआई 'पूर्ण रूपमा सामान्य' भएको बताएका छन् ।

    images
    images
    images

    ह्वाइट हाउसका चिकित्सक क्याप्टेन सीन बार्बाबेलाले ट्रम्पले अक्टोबरमा आफ्नो नियमित मेडिकल जाँचको क्रममा यो एमआरआई गराएको र सामान्य रहेको उल्लेख गरिएको छ ।

    images
    images
    images

    यो रिपोर्ट यस्तो समयमा आएको छ, जब केही डेमोक्र्याटिक नेताहरूले ट्रम्पको उमेरका कारण दोस्रो कार्यकालमा उनको स्वास्थ्यमाथि प्रश्न उठाइरहेका छन् र स्क्यान विवरणहरू सार्वजनिक रूपमा जारी गर्न माग गरिरहेका छन् ।

    डा. बार्बाबेलाले ट्रम्पको धमनीहरूमा रक्त प्रवाह साँघुरो वा अवरोधको कुनै प्रमाण फेला नपरेको र उनको मुटु वा प्रमुख रक्तनलीहरूमा कुनै असामान्यताहरू फेला नपरेको रिपोर्टमा उल्लेख गरेका छन् । उनले समग्रमा, ट्रम्पको हृदय प्रणाली 'अत्यन्त स्वस्थ' देखिएको आफ्नो निष्कर्षमा बताएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।