Logo

२०८३, आश्विन ९गते


images
images

बुटवल ग्यास्ट्रो सेन्टर तेस्रो वर्षमा: सेवा विस्तार र नयाँ प्रविधिको तयारी

बुटवल ग्यास्ट्रो सेन्टर तेस्रो वर्षमा: सेवा विस्तार र नयाँ प्रविधिको तयारी

images
  • बुटवल ग्यास्ट्रो सेन्टर तेस्रो वर्षमा: सेवा विस्तार र नयाँ प्रविधिको तयारी
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका ग्यास्ट्रो, पेट र कलेजोसम्बन्धी जटिल रोगका बिरामीलाई उपचारका लागि काठमाडौँ वा दिल्लीजस्ता टाढाका सहरमा धाउन नपरोस् भन्ने उद्देश्यले बुटवलमा आधुनिक सुविधा र विशेषज्ञ जनशक्तिसहित ग्यास्टो सेन्टर स्थापना गरिएको तिन बर्ष भएको छ ।

    images
    images
    images

    प्रदेशमै मुख्य केन्द्र बुटबलमा पहिलो पटक उच्चस्तरीय इन्डोस्कोपी, कोलोनोस्कोपी, इआरसीपी, जस्ता प्रविधि उपलब्ध सहित सञ्चालनमा आएको यो केन्द्रले सामान्यदेखि जटिल कलेजो, पाचन प्रणाली, आन्द्रा तथा पेटसम्बन्धी रोगहरूको उपचार गर्दै आएको ग्यास्ट्रो सेन्टरले जनाएको छ ।

    images
    images
    images

    ग्यास्ट्रो सेन्टरमा वरिष्ठ पेट आन्दा कलेजो तथा प्याक्रिय रोग बिशेषज्ञ डा मोहन भुसाल लगायको बिज्ञ चिकित्साको टोलिले सेवा दिईरहेको छ । उनले यस आर्थिक बर्षमा ४ हजार भन्दा बढी बिरामीको उपचार ३ बटा निशुल्क शिबिर लगायका कार्य गरेको जानकारी दिए । डा.भुषालले अर्घाखाँची  प्युठान र देवदहमा निशुल्क शिबिर सञ्चालन गरेको उक्त शिविरमा १ हजार बढीको निशुल्क परिक्षण र त्यसमा १सय वटा इन्डोस्कोपी  र औषधी निशुल्क गरिएको बताए ।

    images
    images
    images

    डा. भुसालले शिविरमा ७ जना क्यान्सरका बिरामी भेटिएको समेत बताउनु बताए । तेश्रो बर्षको सुरुवात संगै ग्यास्ट्रो, सेन्टरले इआरसीपी मेसिन सञ्चालनमा ल्याउन लागेको छ । यो क्षेत्रको लागी यो नयाँ मेसिन रहेको हो । ३ सिफ्टमा सेवा संञ्चालन भइरहेको प्रालिमा २७ जना स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।

    वार्षिक उत्सवको अबसरमा रक्तदान गरिएको छ । ५० जनाले उक्त अबसरमा रक्तदान गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्यास्ट्रो सेन्टर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।