Logo

२०८३, श्रावण २७गते


images
images

दशगजाबाट भारतिय शुरक्षाकर्मीले हटाए सुरक्षा पाेष्ट

दशगजाबाट भारतिय शुरक्षाकर्मीले हटाए सुरक्षा पाेष्ट

images
  • सेतोमसी सहकर्मी
  • दशगजाबाट भारतिय शुरक्षाकर्मीले हटाए सुरक्षा पाेष्ट
    images
    images

    काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माण गरेको सुरक्षा पोष्ट हटाएको छ ।

    images
    images
    images

    दशगजा क्षेत्रमा भारतले कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुनविपरित दसगजामै पोस्ट बनाएको भन्दै नेपालमा चौतर्फी विरोध भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माण गरेको सुरक्षा पोष्ट सोमबार हटाएको हो ।

    images
    images
    images

    एसएसबीले विराटनगर महानगरपालिका–१६ दरैया र जोगवनीको टिकुलिया बस्तीबीचको दशगजामा सुरक्षा पोस्ट निर्माण गरेको थियो । त्यहाँ हतियारसहितका सुरक्षाकर्मी तैनाथ हुँदै आएका थिए ।

    images
    images
    images

    विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले भारतीय पक्षले दशगजामै भारतीय सुरक्षाकर्मीको पोस्ट राखेको विषयमा इलाका प्रहरी कार्यालय रानी र शसस्त्र प्रहरी बलको सीमा सुरक्षा टोली जानकारी गराएका थिए ।

    नेपाल भारतको क्षेतमा रहेको दशगजा क्षेत्रमा भारतले पोस्ट बनाएको सुचना प्राप्त हुनासाथ नेपालस्थित स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले त्यसको अनुगमन गरेको थियो। 

    अनुगमनका क्रममा अन्तरराष्ट्रिय कुटनीतिक मान्यता, नियम र कानून विपरीत भारतले दशगजामा भारतले पोस्ट निर्माण गरेको देखिएपछि बिरोध जनाउदै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित जिल्लास्थित सुरक्षा निकायको समन्वयमा उक्त पोस्ट हटाउन आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।