बाग्लुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा चालु आर्थिक वर्षको दोस्रो तथा अन्तिम सिजनको शिकार सकिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ववरमहलबाट चालु आवको दोस्रो सिजनका लागी टेन्डर आब्हान भई सिकारका लागी वोलपत्र स्वीकृत भएका सिकार कम्पनीहरु र कम्पनिका सिकारीहरुलाई मिति २०७७ चैत १० गते ९ वटा नाउर र ५ वटा झारलको शिकार गर्न शिकार अनुज्ञा पत्र प्रदान भएवमोजिम ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ९ वटा नाउर र ४ वटा झारलको शिकार सम्पन्न भएको हो ।
जसमध्ये नेपाल ट्राभल ललितपुरले ४ जना विदेशी सिकारीहरु मार्फत ४ नाउर र २ झारल, हिमालयन वाईल्डलाईफ आउट फिटर्स प्रालिले १ जना विदेशी सिकारी मार्फत १ नाउर र १ झारल, ग्लोबल सफारिज काठमाण्डौले ३ जना विदेशी सिकारी मार्फत ३ नाउर र १ झारल र त्यसैगरी हिमालयन सफारिज काठमाण्डौले १ नाउर र १ झारलको सिकार गरेको कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कडेलले वताउनुभयो ।
प्रत्येक वर्ष कार्तिक मंसिर मा पहिलो र चैत्र वैशाकमा दोस्रो गरी २ सिजन शिकार हुने ढोरपाटन शिकार आरक्षमा शिकारका लागी बागलुङ, म्याग्दी र पुर्वीरुकुमका सेड, फागुने, दोगाडी, सुर्तिवाङ, सुनदह, घुस्तुङ, बार्से गरी ७ वटा शिकार ब्लक छुटाईएको छ । प्रत्येक सिजनको शिकारका लागी ब्लकमा भएका नाउर र झारलको संख्याका आधारमा कोटा निर्धारण गरिन्छ ।
मुख्य गरी सिङलाई महत्व दिई शिकार हुने यस आरक्षमा यस सिजनको लामो सिङ भएको नाउरको शिकार ग्लोबल सफारिज प्रालि मार्फत आएका स्पेनका बुनो जिसस अल्वारेज क्वीन्टनाले गरेका छन् । उनले रुकुम पुर्वको दोगाडी ब्लकमा २९ ईन्च लामो सिङ भएको करिव ११ वर्षको नाउरको शिकार गरेका छन् भने सबैभन्दा लामो सिङ भएको झारलको सिकार हिमालयन वाईल्डलाईफ आउटफिटर्स प्रालि मार्फत आएका फान्सका एन्थोनी नोयल ओभिनिले गरेका छन् उनले १३ ईन्च लामो सिङ भएको झारलको सिकार गरेका हुन ।
बागलुङ, म्याग्दी र पूर्वी रुकुमको १३२५ वर्ग कि मी. क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्ष वि.स. २०४४ सालमा स्थापना भएको हो । जैविक विविधताले भरिपुर्ण यस आरक्ष शिकार पर्यटनका लागी प्रख्यात छ । विदेशी सिकारीहरुको शिकार पर्यटनको पहिलो रोजाईमा पर्न सफल यस आरक्षबाट शिकार मार्फत वर्षेनी लाखौ राजश्व जम्मा हुने गर्दछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology