काठमाडौँ । राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भएको छ । सातवटै प्रदेशको राजधानीमा बुधबार बिहानबाट मतदान सुरु भएको हो । मतदानका लागि आठ मतदान स्थल र १४ मतदान केन्द्र छन् । । मतदान ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएको केहीबेरमै मतगणना सुरु गर्ने जानकारी दिएका छन बुधबार अबेरसम्म सातै प्रदेशको मत परिणाम आउने गरी मतगणना गर्ने तयारी छ । 
प्रत्येक मतदान केन्द्रमा १० जना कर्मचारी नियुक्त गरिएका छन् । राष्ट्रिय सभाको रिक्त रहेको १९ पदमा छ वर्षे कार्यकालका लागि मतदानबाट चयन हुनेछ । निर्वाचनमा कुल ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
सातवटै प्रदेशमा कुल दुई हजार २५ मतदाता छन् । निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुनुहुन्छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology