Logo

२०८३, आश्विन १०गते


images
images

को हुन् - एमालेलाई क्लीन स्वीप हुनबाट जोगाउने सोनाम गेल्जेन शेर्पा

को हुन् - एमालेलाई क्लीन स्वीप हुनबाट जोगाउने सोनाम गेल्जेन शेर्पा

images
  • को हुन् - एमालेलाई क्लीन स्वीप हुनबाट जोगाउने सोनाम गेल्जेन शेर्पा
    images
    images

    काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने नेकपा एमालेका एक्ला उम्मेदवार बनेका छन् ।

    images
    images
    images


    नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    images
    images
    images


    को हुन् शेर्पा

    images
    images
    images

    सोलुखुम्बुको नाम्चे बजारका शेर्पा २०४६ सालबाटै नेकपा एमालेसँग जोडिएका व्यक्ति हुन् । शेर्पाले ‘नेपाल ल क्याम्पस, काठमाडौं’मा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्यका रुपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेर एमालेसँग जोडिएका थिए ।


    २०५७ सालमा उनी नाम्चे गाविसको अध्यक्ष भए । पछि पार्टीको जिल्ला कमिटी सदस्य हुँदै पर्यटन विभागको केन्द्रीय सदस्य पनि भए । उनको नाम्चे बजारमा होटल व्यवसाय पनि छ । गाविस अध्यक्षको रुपमा कार्यकाल पूरा गरेपछि उनी सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा चार कार्यकाल अध्यक्ष भए ।


    उनलाई एमाले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसदको उम्मेवारको सूचीमा पनि राखेको थियो । तर उनी सिफारिसमा परेनन् ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।