Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

प्रभु बैंकका रेमिटेन्स शाखा प्रमुख सुजित शाक्य पक्राउ

प्रभु बैंकका रेमिटेन्स शाखा प्रमुख सुजित शाक्य पक्राउ

images
  • प्रभु बैंकका रेमिटेन्स शाखा प्रमुख सुजित शाक्य पक्राउ
    images
    images

    काठमाडौँ । प्रभु बैंक प्रकरणमा बैंकका रेमिटेन्स डिपार्टमेण्ट प्रमुख सुजित शाक्य पक्राउ परेका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्टलाई एड्भान्स रकम दिई रेमिट कारोबार स्थगित भए पश्चात समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरित लामो समयसम्म स्वार्थ समुहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा शाक्यलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    सिआईबीले यस प्रकरणमा प्रभु बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६  नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन छिपाउनको लागि कर्जा प्रवाह गरी गराई कर्जा दुरुपयोग गरेको कार्यमा संलग्न प्रभु बैंक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत उपर बैंकिङ कसूरमा अनुसन्धान भईरहेको जनाएको छ । 

    images
    images
    images

    सिआईबीले शाक्यलाई ललितपुर महानगरको कनिवहालबाट शाक्यलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रभु बैंक
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।