Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पले युद्धविरामको घोषणा गरेपनि थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी

ट्रम्पले युद्धविरामको घोषणा गरेपनि थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी

images
  • ट्रम्पले युद्धविरामको घोषणा गरेपनि थाइल्याण्ड र कम्बोडियाबीच लडाई जारी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविरामको घोषणा गरे पनि शनिवार बिहानै लडाईं जारी रहेको छ ।

    images
    images
    images

    ट्रम्पले दुबै देशका नेताहरू शुक्रवार साँझदेखि सबै गोलाबारी बन्द गर्न र यसअघि हस्ताक्षर गरेको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएको दाबी गरेका थिए ।

    images
    images
    images

    यद्यपि, शुक्रवार र शनिवार रातभर गोलाबारी जारी रहेको छ । यसैबीच, थाई सेनाले धेरै रणनीतिक स्थानहरू पुनः कब्जा गर्ने प्रयास गरिरहेका छन् । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कम्बोडियाले आफ्ना सबै सेना फिर्ता गरे र बारुदी सुरुङहरू हटाएमा मात्र युद्धविराम सम्भव हुने बताएको जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'जबसम्म हामी हाम्रो भूमि र जनतालाई थप क्षति वा खतरा महसुस गर्छौं,  तबसम्म थाइल्याण्डले सैन्य कारबाही जारी राख्नेछ । म यो स्पष्ट पार्न चाहन्छु । आज बिहानका हाम्रा कार्यहरूले त्यो स्पष्ट सन्देश पठाउँछन् ।'

    थाइल्याण्ड र कम्बोडिया बीचको नयाँ लडाईंमा कम्तिमा २१ जनाको मृत्यु भएको छ र ७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।