Logo

२०८३, आश्विन ९गते


images
images

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीहरुको निरन्तर चासो

नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीहरुको निरन्तर चासो

images
  • नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीहरुको निरन्तर चासो
    images
    images

    काठमाडौं  । नेपालमा लगानी गर्नका लागि चिनियाँ मुख्यभूमि र तिब्बतस्थित व्यवसायीहरुले सोधखोजलाई तीव्र पारेका छन्। गत सोमबार तिब्बत स्वशासित क्षेत्रमा रहेको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको व्यापार, लगानी तथा अवसर विषयक एउटा सेमिनारमा सहभागी व्यवसायीहरुले यस्तो चासो देखाएका हुन् । 

    images
    images
    images


    सम्मेलनमा नेपाली महावाणिज्यदूत नवराज ढकालले मुख्य रुपमा पिउने पानी, सिमेन्ट, अटोमोबाइल्स, हर्बल उत्पादनहरु, कमर्सियल एग्रिकल्चर लगायतका क्षेत्रमा लगानी गर्न सकिने बारेमा जानकारी गराएका थिए ।

    images
    images
    images


    ‘सामान्य प्रस्तुतीकरण भएकाले थप बुझ्नका लागि कन्सुलेट कार्यालय खुलै रहने जानकारी गराएपछि उनीहरु उत्साहित भएर जान्न बुझ्न आइरहेका छन्। बिहीबार मात्रै जडीबुटी (हर्बल प्रोडक्ट)मा लगानी गर्न इच्छुक व्यवासयीहरुको समूह आएको थियो’, ढकालले ढकालले भनेँ । उनका अनुसार चिनियाँ व्यवसायीहरुको मुख्य रुचि हाइड्रो र सूचना प्रविधि क्षेत्रमा लगानी गर्नमा र अझ प्रष्ट शब्दमा भन्नुपर्दा प्रतिफल पाइने खालका क्षेत्रमा लगानी आकर्षण देखिएको छ।

    images
    images
    images


    कार्यक्रममा तिब्बत स्वशासित क्षेत्र सरकारका उपाध्यक्ष वाङ योङ, तिब्बत नागरिक उड्डयन लगानी कम्पनी प्रमुख एवं तिब्बत स्वशासित क्षेत्रका उपमहासचिव छी थङ् वु, तिब्बतको वैदेशिक मामिला विभागका महानिर्देशक, वाणिज्य विभागका प्रतिनिधिहरू लगायत उच्च अधिकारीका साथै लगानीकर्ताहरु सहभागी भएकाले पनि व्यवसायीहरु उत्साहित देखिन्छन्। 


    नेपालमा कहाँ लगानी गर्ने, कुन क्षेत्रमा लगानी गर्न उपयुक्त हुन्छ भन्नेबारेमा चिनियाँ लगानीकर्ताको चासो सम्बोधन गर्न अन्तर्क्रियाको आयोजना गरिएको थियो। त्यसक्रममा नेपालका तर्फबाट लगानीका लागि मुख्य संभाव्य क्षेत्रहरु ‘हाइलाइट’ गरिएको हो। भारत, पाकिस्तान, बंगलादेश वा अन्य कुनै मुलुकहरु छोडेर नेपालमै लगानी गर्नुपर्ने कारण बारेमा केही विषयमाथि प्रकाश पारिएको महावाणिज्यदूत ढकालको भनाइ छ।

    ‘तीनवटा विषय सहज छन्। जस्तै लगानी लैजान, पैसा परिचालन गर्न, र पैसा फिर्ता ल्याउन', ढकालले भने, ‘मुख्य कुरा त्यही हो। नेपालको कर संरचना औसतमा १६ प्रतिशत छ जुन दक्षिण एसियाकै कम हो। नेपालमा मुलत चाहिएको ‘म्यानुफ्याक्चरिङ’ हो। भिसा प्रक्रिया सबैभन्दा सहज छ। नेपालले उद्योग विभागमा ‘वन स्टप सर्भिस’ भनेर सहज बनाएको छ। आइडिया र पैसा लिएर गएपछि सबै कागजात तयार पारेर सबै कुरा लगानीकर्ताका लागि चाहिने सबै कामको समन्वय त्यहाँबाट गरिदिने व्यवस्था छ।’


    चिनियाँ संचारमाध्यमहरुका अनुसार उपाध्यक्ष वाङले चिनियाँ कम्युनिष्ट पार्टी र तिब्बत सरकारले नेपालसँगको सहकार्यलाई निकै महत्वका साथ लिइरहेका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिनियाँ लगानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।