कृष्ण अन्जान, रुरु । घनघाेर जँगलमा परिणत भएकाे छ गाउँ । धेरै घरहरुमा ताल्चा मारिएकाे छ । कति जग्गा त यसरी बाँझिएका छन कि मानौ सयौँ वर्षदेखि खेतिपाती गरिएकाे छैन । गाउँ वरिपरिका जँगल यसरी झाडिमा परिणत भएका छन कि छिर्न नै गाह्राे छ ।
याे अवस्थाहाे रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे च्यूरेक गाउँकाे । एक पछि अर्काे गर्दै वासिन्दाहरु बसाई सर्दैछन र केहिले छिट्टै गाउँ छाड्न खुट्टा उचालेका छन ।
त्यसो त गाउँका मान्छेहरु मात्रै बसाई सरेका छैनन् । केही वर्षदेखि स्याल प्रजातिकाे जनावर र सारी चरा पनि थाेर्गा गाउँबाट पलाएन भएका छन ।
त्यसैगरी करिब पाँच वर्ष जति भयाे हाेला याे क्षेत्रमा स्याल भाप्सिलाे कराउनु छाडेको । साँच्चै याे जनावर कसरी गावैँबाट पलायन भयाे या लाेप भयाे अाफुले नबुझेकाे रुरुक्षेत्र ३ का स्थानीय कृष्णराज ज्ञवाली भन्छन ।
हरेक साँझ र विहान याे क्षेत्रमा दिनदिनै जसाे स्यालकाे हुँईया सुनिन्थ्याे तर केहि वर्ष देखि याे जनावर कतै देखा पनि नपरेकाे र कराएकाे पनि नसुनिएकाे गाउँका मान्छेहरुकाे भनाई छ ।
स्याल सँगै थाेर्गा गाउँमा सारी चरा पनि नदेखेकाे धेरै भईसकेकाे भनाई यहाँका बासिन्दाकाे छ ।
गाउँघरका वारि काल्ना खाेल्सा झाडिले भरिएका छन घर रित्ता छन । सारी बस्ने बाँसका झाँगपनि जति पनि छन । तर बाँसका झाडिहरुमा चच्याँग चुचुँग गर्दै कराउने बाँसका सारी कता गए एउटा खाेज र अनुसन्धानकाे विषय बनेकाे छ ।
मुख्यतया घरका खाेपाहरुमा सारी चराले गुँड बनाउने बच्चा काेरल्ने गर्थे तर घरहरु रित्ता छन घर सँगै खाेपाहरु पनि रित्तै छन ।
सारी चराे पनि मानव सँगै रमाउने चरा भएकाे र मानवले बस्ति सारेर पलायन हुँदा याे चरा पनि सँगै बसाई सरेकाे जस्तो देखिएकाे छ । यहि चराे मानवको घना वस्ति भएकाे रिडीबजार पाल्पाको अर्गलीमा भने प्रशस्त देख्न पाईन्छ ।
यतिबेला पुर्खाले अर्जेका खेतबारि घर-खलिहान सबै शून्य छन ।
पर्यावरणले पनि गज्जबकाे अवस्था सिर्जना गर्छ । मान्छे पलायन भएर गएपनि गाउँ जँगलमा परिणत हुँदा जीव जन्तु त रहनु पर्ने हाे तर मान्छेसँगै पलायन भएर गएका सारी र स्याल थाेर्गा गाउँमा सायद कहिल्यै नफर्किने गरि बसाई सरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology