रूरू । रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपतिले सामाजिक सुरक्षा भत्ताकाे दाेस्राे त्रैमासिकका लागि निकाशा भएकाे रकम बितरण गरेकाे छ ।
वडा भित्रका तीन पायक पर्ने ठाउँकाे रुपमा केन्द्र ताेकि सामाजिक सुरक्षा भत्ता बितरण गरिएकाे रुरुक्षेत्र ३ थानपतिका वडा सचिव बालकृष्ण गौतमले जानकारी दिए ।
थाेर्गाकाे खाेरबारी पाेखरामा ७७ जना वडा कार्यालय भवन काेटम १ सय अाठ जना र झमादि अाेखलढुँगामा ४४ जना गरि २ सय उन्तीस जनालाई पच्चीस लाख भत्ता बितरण गरिएकाे वडा सचिव गौतमले बताए ।
जेष्ठ नागरिक शारिरिक अपाँग तथा एकल महिलाका लागि भत्ता बितरण भएकाे र अहिले छुटेकालाई वडा कार्यालयबाट भत्ता उपलब्ध गराईने व्यवस्था मिलाईएकाे छ ।
स्वास्थ मापदण्ड कायम राख्दै सामाजिक सुरक्षा भत्ता बितरण गरिएकाे हाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology