Logo

२०८३, कार्तिक २८गते


images
images

दिल्ली प्रदुषण

दिल्ली प्रदुषण : मजदुरलाई १० हजार दिने, सरकारी र निजी दुवैका ५० प्रतिशत कर्मचारी वर्क फ्रम होम

दिल्ली प्रदुषण : मजदुरलाई १० हजार दिने, सरकारी र निजी दुवैका ५० प्रतिशत कर्मचारी वर्क फ्रम होम

images
  • दिल्ली प्रदुषण : मजदुरलाई १० हजार दिने, सरकारी र निजी दुवैका ५० प्रतिशत कर्मचारी वर्क फ्रम होम
    images

    काठमाडौँ । दिल्लीमा बढ्दो वायु प्रदूषणका कारण, राष्ट्रिय राजधानीमा गम्भीर प्रतिबन्धहरू सहितको चौथो चरणको ग्रेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी) लागू भएको छ ।

    images
    images
    images

    यो भयानक अवस्थालाई ध्यानमा राख्दै, दिल्ली सरकारले प्रभावित मजदुरहरूलाई आर्थिक सहयोग प्रदान गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । दर्ता भएका मजदुरहरूले सिधै उनीहरूको बैंक खातामा १० हजारको आर्थिक सहयोग पाउनेछन् ।

    images
    images
    images

    प्रदूषण स्तरमा भएको खतरनाक वृद्धिलाई ध्यानमा राख्दै, जिअरएपीको चौथो चरण अन्तर्गत धेरै कडा उपायहरू लिइएको छ । दिल्ली सरकारले सबै सरकारी र निजी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई घरबाट काम गर्न अनिवार्य गरेको छ ।

    images
    images

    दिल्लीका मन्त्री कपिल मिश्राले जीआरएपी ४ लागू भएको र सरकारले मजदुरहरूले सामना गर्ने कठिनाइहरू बुझ्दै दर्ता भएका मजदुरहरूले १० हजारको आर्थिक सहयोग दिने निर्णय गरेको बताएका छन् । यो रकम यस कठिन समयमा उनीहरूको जीविकोपार्जनलाई सहयोग गर्न सिधै उनीहरूको खातामा स्थानान्तरण गरिने उनले बताए । 

    दिल्लीको लागि वायु गुणस्तर प्रारम्भिक चेतावनी प्रणाली अनुसार, बुधबार दिउँसो वायु गुणस्तर सूचकांक (एक्यूआइ) ३२६ रेकर्ड गरिएको थियो, जुन धेरै खराब श्रेणीमा पर्दछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल्ली प्रदुषण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।