Logo

२०८३, आश्विन १०गते


images
images

विराटनगरमा बर्डफ्लु !

विराटनगरमा बर्डफ्लु !

images
  • विराटनगरमा बर्डफ्लु !
    फाइल फोटो
    images
    images

    बिराटनगर ।  मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक–एक फर्ममा बर्ड फ्लू देखिएको हो । ग्रामथान गाउँपालिका–१ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ । थप दुई स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको छ ।

    images
    images
    images

        
        ग्रामथान–१ मै रहेको थप एक कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो । ती स्थानमा रहेका कुखुराको जाँच गरिएको छैन । बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । ग्रामथान गाउँपालिका–१ का वडाध्यक्ष नमोनारायण माझीले बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको बताए ।

    images
    images
    images

        बढीगंगा गाउँपालिका–५ का अध्यक्ष रमेश खनालले आफ्नो वडामा रहेको एउटा कृषि फर्ममा बर्ड फ्लू देखिएको जानकारी दिए । बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गर्ने तयारी गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।