काठमाडौ । वरिष्ठ गायिका लता मङ्गेस्करको ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतबार सरस्वती पूजाकै दिन 'मल्टी अर्गान फेलर'का कारण मङ्गेस्करको निधन भएकाे भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको उपचार थालिएको थियो ।
मङ्गेस्करले १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी थिइन।
उनले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिएकि थिन । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकि छन।
उनी फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित भएकि थिइन उनको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियाे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology