Logo

२०८३, आश्विन १२गते


images
images

क्रिसमस

क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गरेको छ : प्रधानमन्त्री कार्की

क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गरेको छ : प्रधानमन्त्री कार्की

images
  • क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गरेको छ :  प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएकी छन् ।

    images
    images
    images

    क्रिसमस डे को अवसरमा शुभकामना दिदै प्रधानमन्त्री कार्कीले क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएकी हुन् ।

    images
    images
    images

    उनले भनेकी छन् :    

    images
    images
    images

    इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

    प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् । विविध धर्म, भाषा र संस्कृतिको संगम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । यस पावन अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु । क्रिसमस डे-२०२५ को हार्दिक मंगलमय शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिसमस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।