Logo

२०८३, आश्विन ९गते


images
images

राज्यलाई तिर्नुपर्ने ४२ करोड नतिरेपछि होटल याक एण्ड यतिको इजाजत रद्द

राज्यलाई तिर्नुपर्ने ४२ करोड नतिरेपछि होटल याक एण्ड यतिको इजाजत रद्द

images
  • राज्यलाई तिर्नुपर्ने ४२ करोड नतिरेपछि होटल याक एण्ड यतिको इजाजत रद्द
    images
    images

    काठमाण्डाै । सरकारले काठमाण्डाैमा रहेकाे हाेटल याक एण्ड यती बन्द गर्ने निर्देशन दिएकाे छ । हाेटलकाे नाममा सञ्चालित क्यासिनाेले ४२ कराेड रुपैयाँ राेयल्टी र नवीकरण शुल्क नतिरेपछि सरकारले हाेटल बन्द गर्न निर्देशन दिएकाे हाे ।

    images
    images
    images

    पटक पटक ताकेदा गर्दा पनि याक एण्ड यतीले राेयल्टी र नवीकरण शुल्क नबुझाएकाले बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द गरिदिएका हुन् । 

    images
    images
    images

    मन्त्रिस्तरीय निर्णयले याक एण्ड यती होटलकाे क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८।०९।२२ मा यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेका थियो । 

    images
    images
    images

    पर्यटन मन्त्री आलेले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी,  इजाजत नवीकरण दस्तुर लागयतको रकम कानुनअनुसार होटलले दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको बताएका छन् । 

    पर्यटन विभागले यो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई यस होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई यस होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएकाे छ ।

    क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाँकी रहेको सन्दर्भमा यसअघि पटक पटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत  होटललाई जानकारी गराइएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।