Logo

२०८३, आश्विन १०गते


images
images

टी- २० विश्वकप

टी- २० विश्वकप खेल्ने अफगानिस्तान टिमको घोषणा

टी- २० विश्वकप खेल्ने अफगानिस्तान टिमको घोषणा

images
  • टी- २० विश्वकप खेल्ने अफगानिस्तान टिमको घोषणा
    images
    images

    काठमाडौँ । अफगानिस्तानले आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को लागि रशिद खानको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । आइसीसी पुरुष टी-२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

    images
    images
    images

    समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् ।

    images
    images
    images

    टी-२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

    images
    images
    images

    अफगानिस्तानको टिममा रशिद खान (कप्तान), इब्राहिम जद्रान (विकेटकिपर), रहमानउल्लाह गुरबाज (विकेटकिपर), मोहम्मद इशाक (विकेटकिपर), सेदिकुल्लाह अटल, दरविश रसूली, शाहिदुल्लाह कमल, अजमतुल्लाह ओमारजाई, गुलबदिन नैब, मोहम्मद नाबी, नूर अहमद, मुजीब उर रहमान, नवीन उल हक, फजल हक फारुकी र अब्दुल्लाह अहमदजाई रहेका छन् ।

    त्यस्तै रिजर्भ खेलाडीहरुमा एएम गजनफर, इजाज अहमदजाई र जिया उर रहमान शरीफी रहेका छन् । अफगानिस्तानले विश्वकपमा फेब्रुअरी ८ मा चेन्नईमा न्युजिल्याण्डविरुद्ध प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी- २० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।