Logo

२०८३, आश्विन ९गते


images
images

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि देवदहका १२ विद्यालय छानिए 

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि देवदहका १२ विद्यालय छानिए 

images
  • मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि देवदहका १२ विद्यालय छानिए 
    फाइल फोटो
    images
    images

    देवदह । लुम्बिनी प्रदेशमा रहेका आधारभूत विद्यालय र बाल विकास केन्द्रहरुको भौतिक अवस्था तथा वातावरणीय पक्षमा सुधार गर्ने उद्देश्य राखेर सुरु गरिएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका लागि देवदहका १२ विद्यालय छानिएका छन् ।

    images
    images
    images


    मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम - २०७८ अन्तर्गत देवदह  नगरपालिकाका १२ विद्यालय सिफारिस गरिएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका सदस्य मोतिलाल ढकालले बताए । आधारभुत र जिर्ण आर्थिक अवस्था रहेका विद्यालयलाई राहत दिने कार्यक्रमको उद्देश्य अनुरुप  देवदहका १२ विद्यालय  छनौट गरि सिफारिस गरिएको ढकालको भनाइ छ ।

    images
    images
    images

    20220211_074136.jpg
    सो कार्यक्रमका लागि देवदहका जनता मा.वि., जनता आधारभुत विद्यालय (आ.वि.) , पेटबनिया आ.वि., शकुन्धारादेवी आ.वि., मदरसा स्लामिया, साइबाबा विद्यापिठ,  कोटही आ.वि., शंकर आ.वि., सन्दिप आ.वि., व्यास आ.वि., कालिका आ.वि., र लक्ष्मी आ.वि. छनौट भएका हुन् ।

    images
    images
    images


    बिहिबार देवदह नगरप्रमुख हिरा बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले विद्यालय छनौट गरि सिफारिस गरेको हो  । बैठकमा कार्यक्रमका जिल्ला समन्वयकर्ता विष्णु ढकाल, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत तथा कार्यक्रमका सदस्य मोतिलाल ढकाल र सीता पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।