Logo

२०८३, आश्विन १०गते


images
images

प्रेस सेन्टर रुपन्देहीद्वारा कुष्ठरोग प्रभावितसंग अन्तरक्रिया

प्रेस सेन्टर रुपन्देहीद्वारा कुष्ठरोग प्रभावितसंग अन्तरक्रिया

images
  • प्रेस सेन्टर रुपन्देहीद्वारा कुष्ठरोग प्रभावितसंग अन्तरक्रिया
    images
    images

    बुटवल ।  प्रेस सेन्टर नेपाल रुपन्देहीले कुष्ठरोगबाट प्रभावितहरूसंग भेटघाट तथा अन्तरक्रिया गरेको छ । २७औं जनयुद्ध दिवसको अवसरमा शनिबार बुटवलमा दैनिक उपभोग्य सामग्री हस्तान्तरण सहित सेन्टरले कुष्ठरोग प्रभावितहरूसंग भेटघाट गरेको हो ।

    images
    images
    images


    बुटवल-१५, जितगढीस्थित कुष्ठरोग प्रभावित कल्याण समितिको कार्यालय अगाडि गरिएको उक्त कार्यक्रममा
    बोल्दै संविधानसभा सदस्य तथा वरिष्ठ पत्रकार बिनोद पहाडीले जनयुद्धको उपलब्धिले राजनीतिक परिवर्तन भएपनि सामाजिक र आर्थिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन नहुँदा नागरिकका दैनिक जीवनमा परिवर्तनको उल्लेख्य प्रभाव पर्न नसकेकोमा दु:ख व्यक्त गरेका गरे । "आज पनि यो वा त्यो रुपमा शारीरिक रुपले अपांगता भएका नागरिकको दायित्व राज्यले लिन सकेको छैन, जुन दु:खद छ", उनले भने । 

    images
    images
    images

    त्यसैगरी कुष्ठरोग प्रभावित कल्याण समितिका अध्यक्ष चित्र गुरुङले कुष्ठरोगीलाई पहिले जस्तो दृष्टिकोणले हेर्न छोडिएको भए पनि अझैसम्म आत्मसम्मानका साथ अगाडि आउन नसकेको उल्लेख गर्दै त्यसको लागि जनचेतना जगाउने काममा मिडियाकर्मीले पनि ध्यान दिनुपर्ने बताएका थिए । 

    images
    images
    images


    कार्यक्रममा बोल्दै कुष्ठरोग प्रभावितहरूले राज्यले अन्य घाइते, अपांग सरह आफुहरूलाई पनि सहयोग गर्नुपर्नेमा त्यसो नभएको भन्दै दु:ख व्यक्त गरेका थिए ।


    सो क्रममा युवा उद्यमी मोहित रसाइली र अमृत गहतराजले उक्त स्थानमा बस्ने ५ जना कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई १ बर्षसम्म विहान र दिउँसोको चियाका लागि आवश्यक पर्ने करिब १२ हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


    प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँंवर, महिला उद्यमी तथा माओवादी केन्द्रकि नेतृ मञ्जु भुषाल, माओवादी नेता मनोज राना लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम प्रेस सेन्टर नेपाल रुपन्देहीका सचिव विष्णु पोखरेलको अध्यक्षतामा तथा सह-सचिव अम्विका परियारको संचालन र कोषाध्यक्ष सन्जय गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।