काठमाडौँ । निर्वाचनको वातावरण बनेको छैन र प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको नेकपा एमाले चुनावमा होमिएको छ ।
एमालेले सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न दिएको निर्देशन अनुसार उम्मेदवारहरु सिफारिस हुनेक्रम जारी रहेको छ । यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् ।
जसमा केपी शर्मा ओली: झापा-५, विष्णु पौडेल: रुपन्देही-२, शंकर पोखरेल: दाङ-२, लेखराज भट्ट: कैलाली-४, महेश बस्नेत: भक्तपुर-२, प्रदीप ज्ञवाली: गुल्मी-१, ईश्वर पोखरेल: काठमाडौँ-५, लीलानाथ श्रेष्ठ: सिरहा-३, अजय गुप्ता: रौतहट-१, हरि उप्रेती: सर्लाही-३, तिलक महत: नवलपुर-२, मिलन गुरुङ: गोरखा-२, बद्री मैनाली: नुवाकोट-१ मा सिफारिस भएका छन् ।
यसैगरी सूर्य ढकाल: बाँके-१, दलबहादुर सुनार: बाँके-३, विश्राम चौधरी: कपिलवस्तु-१, सुहाङ नेम्वाङ: इलाम-२, लक्ष्मी महतो कोइरी: महोत्तरी-१, ध्रुव शाही: सुर्खेत-१, कलाधर देवकोटा: सुर्खेत-२, गुलाबजंग शाह: सल्यान, मणिराम फुयाल: काठमाडौँ-२ (प्रस्ताव), दामोदर भण्डारी: बैतडी, गणेश ठगुन्ना: दार्चुला र दीपक प्रकाश भट्ट: कञ्चनपुर-३ बाट एकल सिफारिस भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology