Logo

२०८३, आश्विन १०गते


images
images

जनयुद्ध साझा इतिहास हो, यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउनुपर्छ : प्रवक्ता शर्मा

जनयुद्ध साझा इतिहास हो, यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउनुपर्छ : प्रवक्ता शर्मा

images
  • जनयुद्ध साझा इतिहास हो, यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउनुपर्छ : प्रवक्ता शर्मा
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले जनयुद्ध नेपाली राजनीतिक आन्दोलनको साझा ईतिहास भएको बताएका छन् । आइतबार प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै 
    प्रदेश सरकारका प्रबक्ता समेत रहेका मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धि संविधान मै संस्थागत भैसकेकोले जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सबको रुपमा मनाउनुपर्ने बताएका हुन् ।

    images
    images
    images


    मधेस प्रदेशले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिएर जनयुद्ध दिवसलाई एकता उत्सबको रुपमा मनाएको प्रशंङ्ग उल्लेख गर्दै माओवादी नेता समेत रहेका मन्त्री शर्माले लुम्बिनी प्रदेशले प्राविधिक भुलबस सार्वजनिक विदा नदिएको बताए । 'गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, समावेसिता लगायतका जनयुद्धले उठाएका मुद्दा संविधानमै उल्लेख भएकोले जनयुद्ध दिवस राष्ट्रिय उत्सब हुनु र सार्वजनिक विदा दिईनु आवश्यक छ' - उनले भने ।

    images
    images
    images


    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोखरेल, प्रदेश महासचिव बिक्रम खड्का, रुपन्देही अध्यक्ष रामराज पोख्रेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य भुवन कार्की, टेलिभिजन ब्रोडकाष्टिङ्गका बिष्णु भुसाल लगायतले माओवादी नेताले नै जनयुद्धले विकास गरेको मुद्दा र संस्कृति भुल्दै गएको भन्दै आफ्नो सचेत गराएका थिए ।

    images
    images
    images


    प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष मानसिंक विकको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवरको स्वागत रहेको कार्यक्रम सेन्टरका रुपन्देही सचिव विष्णु पोखरेलले संचालन गरेका थिए ।
    र आगामी दिनहरूमा मधेस 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।