बुटवल । बुटवल उपमहानगरपालिकाको ६३ औं स्थापना दिवस मनाइएको छ । उपमहानगर परिसरमा भव्य समारोहबीच शुभकामना आदानप्रदान र विभिन्न व्यक्तिलाई सम्मान गर्दै दिवस मनाइएको हाे ।
दिवसकै अवसरमा जितगढी सम्पदास्थल परिसरमा निर्मित नेपाल-अंग्रेज युद्धमा विजयी हुने क्रममा कर्णेल उजिरसिंह सहित सहादत प्राप्त गर्ने १३ जना नेपाली वीर योद्धाको सालिक अनावरण तथा प्रवेशद्वार र फुलबारी उद्यानको उद्घाटन गरिएको छ ।
दुबै समारोहमा सम्बोधन गर्दै नेकपा एमालेका नेता, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले बृहत् बुटवलको अबधारणासाथ नेतृत्वदायी पालिकाका रुपमा स्थापित भइरहेको भन्दै प्रशंसा गरे ।
बुटवल नगर प्रमुख शिवराज सुवेदीले बुटवलका आवधिक योजना पूरा भएका र दीर्घकालीन योजना सफलताका साथ अगाडि बढिरहेको गरे । उपप्रमुख गुमादेवी आचार्यले लैंगिक हिंसामुक्त, सीप र इलमयुक्त, मानवताको तथा सभ्यताको सहरका रुपमा पहिचान बनिरहेको बताईन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology