Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य सामाग्री बोकेर गुल्मीका गाउँमा पुर्व मुख्यसचिव पौडेल

स्वास्थ्य सामाग्री बोकेर गुल्मीका गाउँमा पुर्व मुख्यसचिव पौडेल

चीनका लागि पुर्व नेपाली राजदुत समेत रहेका लीलामणि पौडेल चिनियाँ सहयोगका स्वास्थ्य सामाग्री बोकेर पुनः गृह जिल्ला आएका हुन् ।
images
  • स्वास्थ्य सामाग्री बोकेर गुल्मीका गाउँमा पुर्व मुख्यसचिव पौडेल
    images
    images

    माधव ज्ञवाली, गुल्मी । सरकारी सेवाबाट अवकाश लिएपछि सामाजिक कार्यमा सक्रिय नेपाल सरकारका पुर्व मुख्य सचिब एवं चीनका लागि पुर्व नेपाली राजदुत लीलामणि पौडेल स्वास्थ्य सामाग्री बोकेर पुनः गृह जिल्ला आएका छन् । पटकपटक चिनियाँ सहयोग बोकेर जिल्ला आउने गरेका पौडेल अहिले पनि चिनिया सहायता बोकेर नै जिल्लाको रुरुक्षेत्रमा आएका हुन् ।

    images
    images
    images


    स्थानीय माओवादी नेता यदु ज्ञवालीको अनुरोधमा पुर्व मुख्यसचिव पौडेल सहयोग लिएर रुरुक्षेत्रमा आएका हुन् । माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष समेत रहेका ज्ञवालीको संयोजनमा पौडेलले रुरुक्षेत्र भित्रका सम्पुर्ण स्वास्थ्य चौकी एवं माध्यमिक विद्यालयहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    received_481343670312071.jpeg
    चिनिया विश्व विख्यात कलाकार ज्याक चन्दले नेपाल र चीन विचको सयौं बर्षको संबन्ध अझै घनिष्ठ बनाउन पौडेलको अनुरोधमा नेपाललाई एक लाख थान मास्क लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराएका थिए। सोही मध्य केही स्वास्थ्य सामाग्री युवा नेता यदु ज्ञवालीको पहलमा आफ्नो गृह जिल्ला ल्याएको पौडेलले बताए।

    images
    images
    images


    पौडेलले गाउँपालिका भित्रका सबै माविमा दुई हजार थानका दरले मास्क सहयोग गरेको अर्का युवा नेता किसन पाण्डेले बताए।


    रिमुवा स्वास्थ्य चौकी,थानापती स्वास्थ्य चौकी र ग्वादी स्वास्थ्य चौकिमा पनि पौडेलले मास्क सङ्गै एक/एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन् ।कन्सन्ट्रेटरको मद्दतले कोरोना मात्र नभइ अक्सिजन आवश्यक पर्ने अन्य स्वासप्रश्वास सम्बन्धि बिरामीहरुलाई सहयोग पुग्ने पौडेलको भनाई छ।
    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पौडेलले बर्तमान समयमा स्वास्थ्य सङ्ग संबंधित अपनाउनुपर्ने उपायहरूको बारेमा पनि प्रशिक्षण गरेका थिए।


    कार्यक्रममा पौडेलले निस्वार्थ भावना बोकेर पहल गरेकोमा युवा नेता यदु ज्ञवालीलाई धन्यवाद प्रकट गर्दै यस्तै सोच बोकेर सबै अघि बढ्न सके समाजका हरेक समस्यालाई मिलेर समाधान गर्न सकिने बताए।
    आफुले कुनै राजनीतिक स्वार्थले नभइ निस्वार्थ भावनाले सामाजिक कार्यहरू गरिरहेको र सामाजिक काम गर्न पाउँदा आफुलाई आनन्द मिल्ने पनि पौडेलले बताए। जिल्लाको माया र सद्भावका कारण आफू पटकपटक जिल्लामा आइरहने गरेको पनि उनले बताएका छन् ।

    गुल्मीमा मात्र नभइ पौडेल देशभरका सातवटा प्रदेशमा नै यस्तै सामाजिक कामहरु र सहयोग लिएर जाने गरेका छन् ।


    बाग्मती सरसफाइ अभियानका अभियान्ता समेत रहेका पौडेलले केही समय अघि आफैले कुचो बोकेर रुरुबजारको सरसफाइमा लागेर सरसफाइ अभियान सुरु गरेका थिए।


    यस अघि उनले  जिल्ला अस्पताल गुल्मी,जिल्ला प्रशासन,जिल्लाका सबै प्राथमिक स्वास्थ्य केन्द्र लगायत विभिन्न संस्थाहरुमा अक्सिजन र मास्क लगायतका स्वास्थ्य सामाग्री वितरण गरिसकेका छन् ।
    सेवा नै धर्म भएकोले आफुले निरन्तर सामाजिक काम गरिरहने र आफुसङ्ग जोडिएर सामाजिक काम गर्न चाहे प्रत्यक्ष जोडिएर काम गर्न पनि उनले अनुरोध गरेका छन् ।

    नेता यदु ज्ञवालीको संयोजन रहेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न.१ का वडा अध्यक्ष रामलाल विक, वडा न.५ का वडा अध्यक्ष हरिप्रसाद ज्ञवाली, माओवादी केन्द्रका नेता नारायण पौडेल, वाइसीएल गुल्मी जिल्ला संयोजक अशोक श्रेष्ठ ,अखिल क्रान्तिकारी गुल्मी जिल्ला सचीव किसन पाण्डे लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।