Logo

२०८३, आश्विन १२गते


images
images

माघी पर्व

देवदहमा मगर समुदायले मनाए माघी पर्व

देवदहमा मगर समुदायले मनाए माघी पर्व

images
  • देवदहमा मगर समुदायले मनाए माघी पर्व
    images
    images

    देवदह । देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले सवैको सहमति र सहकार्यमा लक्षित बर्गको बजेटलाई व्यवस्थापन गर्नेगरी नगरपालिका अगाडि बढ्ने बताएका छन् ।  उनले पालिकासंग रहेको लक्षित बर्गको बजेटलाई सम्वन्धीत क्षेत्रमा पुग्ने गरी विनियोजन गर्ने बताए । 

    images
    images
    images

    देवदह नगरपालिकाको सहयोग र नेपाल मगर संघ देवदह नगर समितिद्धारा माघी पर्व-२०८२ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले कला, संस्कार, संस्कृति संरक्षण गर्दैै युवा पुस्तास्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकोमा जोड दिए ।  

    images
    images
    images

    उनले मातृभाषा पाठ्यक्रम निर्माणको अधिकार पालिकामा आएकोले मगर भाषा पाठ्यक्रम निर्माण गर्न नगरपालिका तयार रहेको बताए । नगर प्रमुख खरेलले नागरिकको समृद्धिले मात्र देशको विकास हुने हुँदा नागरिक लक्षित योजना र कार्यक्रम अगाडि सारेको बताए । 

    images
    images
    images

    नगर प्रमुख खरेलले नगरपालिका विकास निर्माणको चरणमा रहेको बताउँदै एडिवि मार्फत करिव २ अर्व बरावरको विकास योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।  पहिलो चरणमा १ अर्व ६ करोड बरावरको ४ वटा योजना ठेक्कामा गईसकेको बताउँदै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय पार्क निर्माण गर्ने गरी नगरपालिका अगाडि बढिरहेको उनले बताए । 

    सोही अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दलबहादुर विरकट्टाले मातृभाषा, सांस्कृतिक पर्वको संरक्षण, सम्वद्र्धनमा स्थानीय तहले लगानी गर्नुपर्नेमा जोड दिए । उनले भाषा, संस्कार, संस्कृति विना जातीय पहिचान स्थापित नहुने भन्दै माघी सांस्कृतिक पर्व भएको बताए । 

    नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष किशनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय लेखा आयोग सदस्य जसबहादुर पुन, संघका जिल्ला सदस्य शोभाकुमारी थापा, बुद्धिजिवी परिषदका संयोजक यम राना, संघका निवर्तमान अध्यक्ष मनबहादुर राना, सल्लाहकार प्रेम थापा लगायतले सांस्कृतिक पर्व संरक्षण गर्न सवैले आफनो दायित्व पुरा गर्नुपर्नेमा जोड दिए ।

    संघका उपाध्यक्ष मिलन मास्कीरानाको स्वागत र सचिव चोलीमाया रानाको सञ्चालनमा कार्यक्रम भएको हो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माघी पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।