एलिशा थापा, पाेखरा । इतिहासमै आइतवार अपरान्ह कास्कीमा भिषण असिनापानी परेसँगै जनजीवन अस्तव्यस्त बन्याे । अचानक कालाे बादल मडारिए सँगै कास्की जिल्लाकाे ग्रामीण क्षेत्र र बजारमा परेकाे असिनापानीले किसानहरूले लगाएका तरकारी खेति लगाएत अन्नबालीमा समेत ठुलाे क्षति पुर्याएकाे छ ।
के कति क्षति भयाे यस्काे प्रारम्भिक अनुमान त अाई सकेकाे छैन तर कराेडौँकाे तरकारी नष्ट भएका सहजै अनुमान लगाउन सकिन्छ ।
पोखराकाे मालेपाटन कुँडहर लामाचौर हेम्जा बिरौटा काहुँखाेला लगाएत ग्रामिण क्षेत्रका दर्जनौं गाउँहरुमा असिनाले ताण्डव मच्चाएको छ भने तरकारी फलफुललाई ठुलाे क्षति गराएकाे छ ।
पाेखरा बजारकाे पृथ्वीचाेक चिप्लेढुँगा अमरशिँहचाेक बिरौटा सिर्जना चाेक मालेपाटन महेन्द्रपल लगाएतका क्षेत्रमा अावागमनलाई समेत अप्ठ्याराे पार्ने गरि असिना परेकाे महेन्द्रपुलका जयकृष्ण भुषालले जानकारी दिए ।
अप्रत्यासित रूपमा परेको असिना पानीले लाखौँको तरकारीजन्य बाली नष्ट भएको किसान हरुकाे भनाई छ
एकैचोटी अारीले घोप्टाएझै असिना पानीले बारीमा लगाएको तरकारी,फलफूल र बोटबिरुवा हरुलाई सिख्रै बनाएकाे छ ।
करिब एक घण्टासम्म लगातार परेको वर्षाले हिउँदे तरकारी तथा नगदेबालीमा ठूलो क्षति पुर्याएको हाे ।असिना पानीले पाेखराका सडक अवरुद्द भए भने सवारी साधन पनि चलाउन गाह्राे भएकाे हाे । विहानै देखि बिग्रिएकाे मौसमले अपरान्ह असिना पानीकाे भएँकर रुप धारण गरेकाे हाे ।
असिनापानीका कारण वटुवा समेत बिचल्ली परेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology