Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप छनोट : सेमिफाइनलको खेल हुँदै, आज यूएईलाई जिते नेपाल विश्वकप खेल्ने

विश्वकप छनोट : सेमिफाइनलको खेल हुँदै, आज यूएईलाई जिते नेपाल विश्वकप खेल्ने

images
  • विश्वकप छनोट : सेमिफाइनलको खेल हुँदै, आज यूएईलाई जिते नेपाल विश्वकप खेल्ने
    images
    images

    काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ ।

    images
    images
    images

    अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

    images
    images
    images


    दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो ।

    images
    images
    images

    दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् ।

    यूएईलाई हराए नेपालले विश्वकप खेल्नेछ । आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् । फाइनल खुल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।