रमेश बहादुर सिह, बझाङ । बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–३ का २७ बर्षिया अमृत सिंहको खुँडा प्रहार गरी हत्या गर्ने तीन जनालाई जन्मकैद सजाए सुनाएको छ ।
जिल्ला अदालत बझाङमा जिल्ला न्याधीस विष्णुप्रसाद अवस्थीको इजलासले छविसपाथिभेरा गाउँपालिका–२ का ३२ बर्षिया ज्ञानबहादुर कठायत, २८ बर्षिया प्रकाश ऐडी, ३० बर्षिया केदारमान ऐडीलाई जन्मकैद सजाए सुनाएको हो ।
तीनै जनालार्ई जन्मकैदसहित जनही २ लाख जरिवानासमेत तोकिएको छ । साथै उक्त घटनामा संलग्न भनिएका छविसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष ३६ बर्षिया विकास ऐडी र सोहि ठाउँका जयबहादुर रोकायाले सफाई पाएर आइतबार कारागारबाट छुटेका हुन् ।
२०७७ साल माघ १३ गते छविसपाथिभेरा गाउँपालिकाको–३ मै रहेको बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितीको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि छविसपाथिभेरा–३ को झरखेलामा खुँडा प्रहार गरी सिंहको हत्या गरिएको थियो ।
सिंहको हत्याको आरोपमा पाँच जनालाई २०७७ साल फागुन ११ गते मंगलबार पुर्पक्षका लागि कारागार चलान गरिएको थियो भने घटनामा संलग्न मानिएका जयबहादुर रोकायालाई १ लाख धरौटीमा रिहा गर्ने आदेश भए पनि उक्त रकम तिर्न नसकेपछि रोकायालाई पनि कारागार चलान गरिएको थियो ।
सिंहको हत्या भएको एक बर्षपछि जिल्ला अदालतले फैसला सुनाएको हो । हत्या घटनामा संलग्न भनिएका उनीहरुलाई २०७७ साल माघ १४ गते थलारा गाउँपालिकाबाट प्रहरीले प्रकाउ गरेको थियो । सिंहका आफन्त शेरबहादुर सिंहको जाहेरीमा पाँचै जनालाई २०७७ फागुन ९ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेका थिए
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology