Logo

२०८३, श्रावण ३०गते


images
images

सबैको रोजाईमा पर्ने गरी सरकारी विद्यालयको शिक्षा सुधार जरुरी : उम्मेदवार बोहरा

सबैको रोजाईमा पर्ने गरी सरकारी विद्यालयको शिक्षा सुधार जरुरी : उम्मेदवार बोहरा

images
  • सबैको रोजाईमा पर्ने गरी सरकारी विद्यालयको शिक्षा सुधार जरुरी : उम्मेदवार बोहरा
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले क्षेत्रका सरकारी विद्यालयहरुको अवस्था दयनीय रहेको जनाएका छन् । उनले क्षेत्र अन्तर्गत रहेका सरकारी विद्यालयको अवस्था सुधार गर्न जरुरी रहेकोमा जोड दिए । आफ्ना बुवा स्वर्गीय दीपक बोहराले विगतमा धेरै विद्यालयहरुमा भवन निर्माण गर्न योगदान गरेको भए पनि भित्री संरचना अझै सुधार नभएको उनले बताए ।

    images
    images
    images

    विद्यालय शिक्षा सुधार्नका लागि शैक्षिक वातावरणसँगै भवन, विद्यार्थी बस्ने पूर्वाधार, खेल मैदान, सरसफाई, स्वच्छ पिउने पानी लगायत पनि महत्वपूर्ण हुने उनले जनाए । ‘यस क्षेत्रमा म चुनावी अभियानमा होमिँदै गर्दा धेरै विद्यालयहरुको अवस्था राम्रो देखेनँ’, उनले भने, ‘जीर्ण भवन, पूराना र गुजारा चलाइएका बेन्च, कुर्सी, फोहोरमैलाले गर्दा पनि विद्यार्थीले राम्रोसँग अध्ययन गर्ने वातावरण छैन । यसलाई सुधार गरी सबै अभिभावकको रोजाई सरकारी विद्यालय बनाउन मेरो पहल रहन्छ ।’

    images
    images
    images

    उनले यस क्षेत्रका विद्यालयहरुलाई चिपिस्टिक विद्यालय भनिने गरिएको सुनाए । ‘मैले किन यसो भनिएको होला भनेर सोध्दा स्थानीयले बाहिर राम्रो तर भित्री केही सुविधा नभएकाले यस्तो भनिएको हो भन्नु भएको छ’, उनले भने, ‘विद्यार्थीको भविष्यको खुड्किलो मानिने विद्यालय शिक्षा राम्रो नभए उनीहरुको भविष्य अन्धकारतर्फत जान्छ । यसैले सरकारी विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्नु राप्रपा र मेरो लक्ष्य रहनेछ ।’

    images
    images
    images

    उम्मेदवार बोहराले सरकारी विद्यालयलाई पनि निजी सहर प्रतिस्पर्धी गराउनुपर्नेमा जोड दिए । ‘तपाईं हामीलाई थाहा छ, बुटवलका केही सरकारी विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न अभिभावकको दौडधुप हुन्छ । तर, क्षेत्र नम्बर १ मा अझै पनि भौतिक पूर्वाधारकै अभाव छ’, उनले भने, ‘शिक्षामा समानुपातिक विकास जरुरी छ । त्यो मैले पूरा गर्छु भनेरै जनतामाझ परीक्षण हुन आएको हुँ ।’ उनले शिक्षक र अभिभावकहरुलाई पनि आधुनिक प्रविधिबारे तालिम संचालन गर्न आफूले काम गर्ने जनाए । यस्तै, विद्यालयहरुमा कम्प्यूटर, नेट–इन्टरनेट, विश्वबजारमा विकसित शैक्षिक प्रविधि र निर्वाहमुखी नभई व्यवहारिक तथा भविष्यमा स्वरोजगारमूलक शिक्षालाई अगाडि बढाउन जोड दिइनु पर्ने बोहराले बताए ।

    उनले क्षेत्रका सबै बासिन्दालाई पायक पर्ने गरी राम्रो कलेज समेत नरहेको जनाए । ‘बजार क्षेत्रमा केही कलेजहरु छन्, तर बाक्लो बस्ती भएका ग्रामीण इलाकामा कलेज छैनन्, पढ्नका लागि टाढा जानुपर्ने बाध्यता छ’, उनले भने, ‘त्यसैले क्षेत्रका केही ठाउँमा राम्रा कलेज, टेक्निकल सेन्टर लगायत स्थापना गर्न मैले तीन तहका सरकारसँग सहकार्य गरेर काम गर्नेछु ।’ उनले आफू चुनावी मैदानमा झुटा आश्वासन मात्रै बाँड्न नआएको जनाउँदै स्पष्ट योजना बोकेर आएकाले जनभावनाको सधैं सम्मान गर्ने प्रतिबद्धता जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।