Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

लघुवित्त र सहकारी पीडितको न्यायका लागि लड्छु : राप्रपा उम्मेदवार बोहरा

लघुवित्त र सहकारी पीडितको न्यायका लागि लड्छु : राप्रपा उम्मेदवार बोहरा

images
  • लघुवित्त र सहकारी पीडितको न्यायका लागि लड्छु : राप्रपा उम्मेदवार बोहरा
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले लघुवित्त तथा वित्तीय संस्था र सहकारी पीडितहरुले उठाएको आवाजलाई दिर्घकालीन रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
    क्षेत्रका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राप्रपा उम्मेदवार बोहराले भूइँतहका नागरिकको उत्थान गर्ने सोंचले स्थापित लघुवित्तबाट नागरिक नै पीडित भएको गुनासो बढ्नु ठीक नभएको जनाए ।

    images
    images
    images

    उनले लघुवित्त तथा सहकारीहरु नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने जनाउँदै सरकारको ध्यानकर्षण गराएका हुन् । उनका अनुसार क्षेत्रका गरिब तथा विपन्न नागरिकले आफूहरु लघुवित्त र सहकारीबाट पीडित भएको गुनासो गर्दै आएका छन् । विगतमा पीडितहरुसँग सरकारले सहमती गरे पनि माग अझै पूरा नभएको स्थानीयको गुनासो छ । 

    images
    images
    images

    बोहरासँग क्षेत्र नम्बर १ का मतदाताले लघुवित्तले नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी ब्याजदर लिएको, साँवा ब्याज तिरेर पनि ऋण नघटेको, पीडितलाई सरकारले राहत दिनुपर्ने वा ऋण मिनाह गर्नुपर्ने, एउटै व्यक्तिलाई विभन्न प्रलोभन देखाएर फरक फरक संस्थाले ऋण प्रवाह गरेको, घरमै आएर तिरीसकेको ऋण पनि तिर्न भनेर मानसिक तनाव दिएको लगायत गुनासाहरु गरेका छन् । 

    images
    images
    images

    बोहराले हरेक संस्था नीति नियमको परिधिभित्र रहनु पर्ने बताउँदै नागरिकलाई मानसिक तनाव दिने वा कुनै किसिमको हैरानी पार्न नहुनेमा जोड दिए । उनले नियमविपरीत गएर लघुवित्त र सहकारीले दुःख दिइरहेको जनाउँदै यस्ता समस्या समाधान गर्न आफूले विगतदेखि नै पहल गरिरहेको जनाए । 

    उम्मेदवार बोहराले क्षेत्रमा मात्रै नभएर मुलुकभर नै लघुवित्त र सहकारीको समस्या रहेको बताउँदै विभिन्न बहानामा नागरिकलाई दुःख दिन नहुने बताए । उनले यो समस्या समाधान गर्न सरकारले पहल नगरेको भन्दै यसबारे आफूले ध्यानकर्षण गराएको स्मरण गरे । उनले सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्नेमा जोड दिए । यसका लागि आफू लड्ने उनले जनाए ।

    बोहराले नागरिकस्तरबाट पटक पटक लघुवित्त तथा वित्तीय संस्था र सहकारीबाट आफूहरु पीडित भएको गुनासो आउनु जायज नभएको जनाउँदै यो समस्या तत्काल समाधान गर्न जरुरी रहेको उल्लेख गरे । आफू निर्वाचनमा होमिँदै गर्दा पीडितका आवाज झन नजिकबाट सुन्ने र महसुस गर्ने अवसर पाएको उल्लेख गर्दै राप्रपा उम्मेदवार बोहराले कानून बनाएरै भए पनि यस्ता संस्थाहरुको नियमन गरी नागरिकलाई सहजता दिलाउनुपर्नेमा जोड दिए । 

    उनले आफूले यसबारे निरन्तर आवाज उठाई सरकारलाई घच्घच्याउने प्रतिबद्धता व्यक्त गरे । राप्रपा सधैंभरी सहकारी र लघुवित्त तथा वित्तीय संस्था पीडितको पक्षमा रहँदै आएको र आउँदा दिनमा पनि प्रतिबद्ध भएर समस्या समाधान गर्न लागिपर्ने उनले स्थानीयलाई विश्वास दिलाए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।