देवदह । नेकपा एमालेको नेतृत्वमा रुपन्देही-१ को विकासले फड्को मारेको केन्द्रिय सचिव छविलाल विश्वकर्माले दावी गरेका छन् । उनले आफु दुई कार्यकाल प्रतिनिधि सभा सदस्य भएको अवस्थामा पूर्वपश्चिम राजमार्ग देखि दशगजा जोड्ने गरी योजना कार्यान्वय भईरहेको बताए ।
प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेकपा एमाले निर्वाचन क्षेत्र नम्वर १, को वृहत्त् क्षेत्रीय महिला भेलालाई सम्बोधन गर्दै उनले राष्ट्र निर्माणमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेकपा एमालेको उम्ेमेदवारलाई जिताउने गरी लाग्न भेलामा उपस्थितलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले राष्ट्र र राष्ट्रिताको पक्षमा अडिग भएका कारण एमाले माथि प्रहार भइरहेको बताए । उनले सुकुम्वासी तथा अव्यवस्थित बसोवास समस्या समाधान गर्न नेकपा एमालेको जीत आवश्यक रहेको बताए ।
उनले विगतका निर्वाचन र अहिलेको निर्वाचन फरक रहेको बताउँदै मुलुकलाई सही दिशा तर्फ लैजाने पार्टी एमाले भएकोले सूर्यध्वजा वाहक उम्मेदवारलाई जिताउने गरी लाग्न आग्रह गरे ।
महिला परिचालन कमिटीका संयोजक जानकी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, जिल्ला अध्यक्ष यज्ञप्रसाद गैरे लगायतले आ-आफनो भनाई राखेका थिए ।
क्षेत्रीय भेलाले एक हजार ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यसैगरी भेलाले पालिका स्तरीय महिला निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ ।
जस अन्तर्गत देवदहमा गीता भण्डारीको संयोजकत्वमा ५५१ सदस्यीय, तिलोत्तमामा दुर्गा आर्चायको संयोजकत्वमा ३५१ सदस्यीय, ओमसतियामा चुमकला वस्यालको संयोजकत्वमा १०१ सदस्यीय र रोहिणीमा अनिता हरिजनको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
महिला परिचालन कमिटीका सह-संयोजक जागेश्वरदेवी चौधरीको स्वागत र विद्यालक्ष्मी गुरुङ्गको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology