Logo

२०८३, श्रावण ३०गते


images
images

निजी क्षेत्रको मनोबल उकास्न जरुरी छ : राप्रपा उम्मेदवार बोहरा

निजी क्षेत्रको मनोबल उकास्न जरुरी छ : राप्रपा उम्मेदवार बोहरा

images
  • निजी क्षेत्रको मनोबल उकास्न जरुरी छ : राप्रपा उम्मेदवार बोहरा
    images
    images

    देवदह । रुपन्देहीको क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले निजी क्षेत्रमैत्री नीति–नियम र ऐनकानून जरुरी रहेकोमा जोड दिएका छन् । उनले भएका कानून पनि प्रभावकारी कार्यान्वयन नहुँदा निजी क्षेत्र उत्साहित हुन नसकेको जनाए ।

    images
    images
    images

    क्षेत्रका उद्योगी–व्यवसायी तथा उद्यम गर्न चाहने युवाहरुसँग कुराकानी गर्दै उम्मेदवार बोहराले पछिल्लो समय निजी क्षेत्र निरास भएको जनाउँदै मनोबल उकास्नुपर्नेमा जोड दिए । ‘हाम्रा नीति र कानूनले व्यवसाय दर्तादेखि कर तिर्दासम्म दुःख दिइरहेका छन्’, उनले भने, ‘राज्यलाई कर तिर्ने र उद्यम गर्न चाहनेलाई सरकारले राम्रो व्यवहार गर्नुपर्छ । उनीहरु सम्मानसँगै सहज व्यवसायिक वातावरण सिर्जना गर्नुपर्छ ।’

    images
    images
    images

    बोहराले आफू पनि व्यवसायमा आबद्ध रहेका जनाउँदै बाधक नीति नियम परिवर्तनमा जोड दिए । उनले सरकारले निजी क्षेत्रको मर्मअनुसार काम गर्नुपर्ने जनाउँदै राप्रपा जहिल्यै पनि उद्योगी–व्यवसायीको संरक्षणमा रहेको जनाए ।

    images
    images
    images

    उनले लगानीमैत्री नीति बनाउन सकेमात्रै लगानी बढाउन सकिने जनाए । यस्तै, क्षेत्र नम्बर १ मा नयाँ उद्योग स्थापना गर्नेलाई प्रबद्र्धन गरिने उनले जनाए । ‘क्षेत्रमा आएर उद्योग खोल्न चाहाने र व्यवसाय गर्नेलाई हामीले तीनै तहका सरकारसँग समन्वय गरेर सहजीकरण गर्छौं’, उनले भने, ‘म प्रतिनिधि चुनिएमा बाधक व्यवसायिक कानूनहरु परिवर्तन गर्न लागिपर्छु । क्षेत्रमा मात्रै नभएर मुलुकमै व्यवसायिक वातावरण बनाउन हामीले काम गर्छौं ।’

    उनले एउटै उद्योगीलाई तहतहमा दर्ता र कर तिर्नुपर्ने बाध्यकारी नियम हटाएर एकै ठाउँबाट सबै सुविधा दिने व्यवस्था हुनुपर्नेमा जोड दिए । यस्तै, युवालाई उद्यमी बनाउन व्यवसायिक तालिम संचालन गरिने र यसका लागि आफूहले सहजीकरण गर्ने जनाए । उद्योगधन्दा खुलेमा मात्रै मुलुकको समृद्धि हुने जनाउँदै बोहराले यसले रोजगारी सिर्जना गर्ने बताए । अहिले धेरै उद्योगहरु ३०–४० प्रतिशतको हाराहारीमा चलिरहेको जनाउँदै निजी क्षेत्रलाई राज्यले संरक्षण गर्छ भन्ने ग्यारेन्टी नगर्दासम्म आत्मबल बढ्न नसक्ने जनाए । निर्यातजन्य उद्योग स्थापना, कर छुट, औद्योगिक क्षेत्रलाई बन्दहड्ताल निशेध जस्ता काममा आफूले काम गर्ने राप्रपा उम्मेदवार बोहराको प्रतिबद्धता छ ।

    उनले औद्योगिक कोरिडोरका रुपमा विकास भइरहेको भैरहवा–परासी खण्डलाई थप व्यवस्थित गरिने जनाए । नयाँ उद्योग खुल्ने ठाउँसम्म विद्युतीकरण, पानी, सडक पूर्वाधार निर्माण सरकारले गर्नुपर्ने जनाउँदै यसमा आफूले सबै किसिमका पहल गर्ने बोहराले जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।