Logo

२०८३, कार्तिक २७गते


images
images

निर्वाचन तयारी

रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी बारे अर्थमन्त्री खनालको अनुगमन

रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी बारे अर्थमन्त्री खनालको अनुगमन

images
  • रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी बारे अर्थमन्त्री खनालको अनुगमन
    images

    काठमाडौँ । फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा अर्थमन्त्री रामेश्‍वर खनालले रूकुम पश्चिम तथा जाजरकोट जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् ।

    images
    images
    images

    सो क्रममा जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए । 

    images
    images
    images

    सो अवसरमा रूकुम पश्‍चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र २१ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखिएको अर्थमन्त्री खनाललाई जानकारी गराए । अर्थमन्त्री खनालले  अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारी अवस्थाको जानकारी लिएका थिए । सो क्रममा उनले मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीसँग छलफल गरी हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा जानकारी लिए ।

    images
    images

    त्यसैगरी जाजरकोट जिल्लाको स्थलगत अनुगमन गर्ने क्रममा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्री खनाललाई गराए ।

    उनले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले हालसम्मको निर्वाचन तयारी अवस्थाका बारेमा जानकारी गराएका थिए । 

    दुबै जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालना स्थितिको स्थलगत अनुगमन पश्‍चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि वढेको, स्थानीयस्तरमा राजनीतिक दल र उमेदवारहरुका बीच स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको र आम मतदाताहरुले भयरहित रुपमा निर्वाचनमा सहभागि हुन पाउने अवस्था रहेको समेत जानकारी गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन तयारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।