Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने, प्रथम पुरस्कार नगद १ लाख

बुटवलमा अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने, प्रथम पुरस्कार नगद १ लाख

images
  • बुटवलमा अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने, प्रथम पुरस्कार नगद १ लाख
    images
    images

    बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा यही २०७८ साल चैत्र २६ गते शनिबार माेफसलमा चर्चित रहेको  शारीरिक सुगठन प्रतियोगिता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७८ हुने भएको छ ।

    images
    images
    images


    रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षतामा रुपन्देही जिल्ला खेलकुद बिकास समितिमा बसेकाे बैठकले साे निर्णय  गरेको थियो ।  २०६५   सालदेखि हुदै आएको साे प्रतियोगिताकाे नवाैं संस्करण लुम्बिनी र गण्डकी प्रदेश स्तरीय मात्रै गरिएको थियो तर यस पटक भने साबिक प्रदेशहरु सँगसँगसँगै कर्णाली र सुदुरपश्चिम प्रदेश समेत थप गरि चार प्रदेशका झण्डै सय पचासभन्दा बढी खेलाडीहरुकाे प्रतिस्पर्धा रहने जिल्ला संघका सचिव तथा राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले बताए।  

    images
    images
    images


    आयोजकले प्रतियोगिताको तयारी तिव्र पारिएकाे बताएको छ। रुपन्देही जिल्ला अध्यक्ष सितु प्रसाद श्रेष्ठले स्वस्थ्य जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । लागू पदार्थको दुर्व्यसनमा फस्ने जोखिम कम गर्न युवाहरूलाई यस खेलतर्फ आर्कषित बनाउँदै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ । 

    images
    images
    images


    करिव ६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले दशाैं बुटवलश्री २०७८ को उपाधि सहित नगद रु १ लाख प्राप्त गर्नेछन् ।


    प्रतियोगिता ६ वटा बजन समुहमा हुने बताइएको छ । ५५, ६०, ६५, ७० , ७५ के.जी र ७५ के.जी भन्दा बढि तौल समुहमा प्रतियोगिता हुनेछ । 


    प्रिजजिङ्ग चरणबाट प्रत्येक तौल समूहबाट ५/५ जना खेलाडी छनोट गरि फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा बुटवल श्रीको लागि प्रतिस्पर्धा गर्नेछ । 

    प्रतियोगितामा म्युजिक राउडमा प्रत्येक खेलाडिले बढिमा १ मिनेट समयसम्मको धुनमा आफ्नो ऐच्छिक आसन देखाउन पाईने नियममा उल्लेख गरिएको छ । प्रत्येक बजन समुहमा प्रथम हुने खेलाडिलाई  मेडल, ट्रफी र प्रमाणपत्रबाट सम्मानित गरिने श्रेष्ठले बताए । 


    ०६५ सालमा भएको प्रथम बुटवलश्रीमा विकास चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवलश्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएको तेस्रो बुटवलश्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवलश्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए । यसैगरी ०७३ पाचौं बुटवल श्री र ०७४ काे छैठाैं बुटवल श्री ताराबहादुर थापाले २०७५ साताै बुटवलश्री चन्द्रमान श्रेष्ठले र २०७५ मा नै आठाैं बुटवलश्री विनोद सुनारले जितेका थिए भने २०७६ मा भएको नवाैं बुटवलश्री कृष्ण श्रेष्ठले हात पारेका थिए ।

    प्रतियाेगिताका लागि प्रायाेजक सह प्रायाेजककाे खाेजी भईरहेका आयाेजकले संघ जनाएको छ । चैत्र दाेश्राे हफ्ताभित्र नै इच्छुक खेलाडीहरुले रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलमा आफ्नो नाम दर्ता गर्न  खेलाडिलाई आह्वान गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।