Logo

२०८३, श्रावण ३०गते


images
images

भदौ २३ र २४ को जिम्मा कांग्रेस, एमाले र रास्वपाले लिनुपर्छ : राप्रपा नेता उदय

भदौ २३ र २४ को जिम्मा कांग्रेस, एमाले र रास्वपाले लिनुपर्छ : राप्रपा नेता उदय

images
  • भदौ २३ र २४ को जिम्मा कांग्रेस, एमाले र रास्वपाले लिनुपर्छ : राप्रपा नेता उदय
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले  भदौ २३-२४ को घटनामा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी जिम्मेवार रहेको बताएका छन् । सोमवार देवदहमा पार्टीको निर्वाचन कार्यालय उद्घाटन गर्दै नेता उदयले ७६ जना बालबालिकाको हत्या गर्ने तत्कालिन कांग्रेस, एमाले सरकार र देशका संरचनामा आगो लगाउने रास्वपा भएको आरोप लगाए । 

    images
    images
    images

    देशको जनपक्षीय र राष्ट्रवादी दल राप्रपा रहेको उल्लेख गर्दै उनले पुराना दल भ्रष्ट भएको र नयाँ भनिने दल विदेशीबाट परिचालित भएको बताए । 'सधै आश्वासन दिने तर काम नगर्ने पुराना दल र नयाँ भनिने विदेशी दुतावासबाट संचालित कुनै पनि दलले देशको हितमा काम गर्दैनन् ।' अध्यक्ष उदयले भने, 'देश र जनताको पार्टी भनेको राप्रपा मात्र हो ।' 

    images
    images
    images

    रास्वपातर्फ संकेत गर्दै उनले बारबार फाउन्डेसन र अमेरिकन युथ काउन्सिलका सदस्यहरु नयाँ पार्टीको आवरणमा चुनावमा आएको गम्भीर आरोप लगाए ।  उनले भने, 'नयाँ दलमा विचार र सिद्धान्त छैन, यिनीहरु मन्दिरको होइन, चर्चको घण्टी बजाउँदै हिडेका छन् । विदेशी डिजाइनमा बनेको दललाई देश जिम्मा लगाउन हुँदैन ।'
      
    कार्यक्रममा राप्रपाका सहमहामन्त्री तथा समानुपातिक उम्मेदवार ताहिर अलि, प्रत्यक्षतर्फका उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) लगायतले बोल्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकास लगायतका समस्या आफुहरुले समाधान गर्ने दावी गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।