Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य सम्बन्धि दुईदिने पुनर्ताजगी तालिम सम्पन्न, १३ जना स्वयंसेविका सम्मानित 

स्वास्थ्य सम्बन्धि दुईदिने पुनर्ताजगी तालिम सम्पन्न, १३ जना स्वयंसेविका सम्मानित 

images
  • स्वास्थ्य सम्बन्धि दुईदिने पुनर्ताजगी तालिम सम्पन्न, १३ जना स्वयंसेविका सम्मानित 
    images
    images

    देवदह । देवदहमा जारी महिला स्वास्थ्य स्वयंसेविकालाई दिईने दुईदिने पुनर्ताजगी तालिम आज सम्पन्न भएको छ । 

    images
    images
    images

    ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिमको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले स्वास्थ्य क्षेत्रको विकासमा महिला स्वयंसेविकाहरूको योगदान अतुलनिय रहेको उल्लेख गरे ।  

    images
    images
    images

    समापन कार्यक्रममा प्रशिक्षार्थिको तर्फबाट बोल्दै राधा गिरि, मिना श्रेष्ठ र सरिता भुषालले पुनर्ताजगी तालिमले स्वास्थ्य स्वयंसेविकाको व्यक्तित्व विकासमा महत्वपुर्ण योगदान दिएको भनाई व्यक्त गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै १३ जना महिला स्वयंसेविकालाई सम्मान समेत गरिएको छ । महिला स्वयंसेविकाहरु नरमाया छन्त्याल, मिना श्रेष्ठ, देवी ढकाल, तुल्सा आचार्य, विन्तेनदेवी कलवार, राधा गिरि, अनिता डुम्रे, निर्मलादेवी थारू, कुमारी विन्दु, भगवती आचार्य, लक्ष्मी सारु, आशा कुवँर र अक्लुङ निसालाई नगद ४ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको हो । 

    देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराज बेल्वासे, स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे, वडा नम्बर २ का वडा अध्यक्ष धर्मागत पाण्डे, ,प्रशिक्षक देवदह स्वास्थ्य चौकीका इन्चार्ज दिलेश्वर श्रेष्ठ लगायतले बोलेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।