Logo

२०८३, आश्विन १०गते


images
images

प्रगतिशील लेखक संघ रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, कविराज पौडेल अध्यक्षमा चयन

प्रगतिशील लेखक संघ रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, कविराज पौडेल अध्यक्षमा चयन

images
  • प्रगतिशील लेखक संघ रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, कविराज पौडेल अध्यक्षमा चयन
    images
    images

    बुटवल । बुटवलमा सम्पन्न प्रगतिशील लेखक संघ नेपाल रुपन्देही जिल्ला शाखाको नवौं जिल्ला सम्मेलनले कविराज पौडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ । 

    images
    images
    images

    लेखकहरुले गलतलाई गलत र सहिलाई सहि भन्न डराउन नहुने, पार्टीका नेता-कार्यकर्ता र सरकारको प्रतिपक्षका रुपमा लेखकहरुले आफ्नो भुमिका निर्वाह गर्न सके मात्र समाज परिवर्तन हुने कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. कपिलदेव लामिछानेले बताए ।

    images
    images
    images

    कार्यक्रमका बिशिष्ट अतिथि कविवर रामचन्द्र भट्टराईले नेताहरूलाई बाटो देखाउन र  कम्युनिस्ट विचारहरुलाई एक ठाउँमा ल्याउन लेखकहरुले आफ्नो लेखकीय माध्यमबाट झक्झकाउनु पर्ने बताए  । 

    images
    images
    images


    कार्यक्रममा प्राज्ञ बूँद राना, डा. मुरारी पराजुली, माओवादी केन्द्रका नेता सुदिप न्यौपाने, एकीकृत समाजवादीका नेता सिद्दिचरण भट्टराईले आ-आफ्नो भनाइहरु राखेका थिए ।

    जिल्ला सम्मेलनले अध्यक्ष कबिराज पौडेल उपाध्यक्षमा यज्ञ प्रसाद न्यौपाने, श्यामलाल पोखरेल, हृदय लेकाली सचिवमा कृष्ण गाउँले सहसचिवमा सीता ढुङ्गाना काफ्ले, कोषाध्यक्षमा हिरालाल धामी चयन गरेको छ । साथै सदस्यहरुमा दिपक न्यौपाने, गणेश घिमिरे, हुमराज भुसाल, माधवकुमार पौडेल, टेकराज भुसाल, यज्ञलाल सुवेदी, सिर्जना खनाल, गितारानी बराल निर्वाचित भएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।