धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही-१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले सीमान्तकृत र पिछडा वर्गको उत्थानका लागि आफूले विशेष महत्व दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार रुपन्देहीको रोहिणीमा प्रचारप्रसार कार्यालय उट्घाटन गर्दै युवा नेता बाहेराले सबै वर्गको समानुपातिक सहभागिता र विकास नहुँदासम्म परिवर्तनको महसुस गर्न नसकिने जनाए ।
‘हामीलाई जातजाती, धर्म-संस्कृति, धनी-गरिब लगायत विभिन्न बहानामा विभाजन गरी फाइदा लिने गरिएको छ ।’ उनले भने, ‘सबैभन्दा पहिला हामी नेपाली हो भन्ने विर्सनु हुँदैन ।’
उनले कुनै वर्ग समुदायको उत्थान भएर समृद्धिको सपना देख्नु गलत भएको जनाए । ‘चाहे त्यो मुस्लिमको मदरसा होस्, चाहे बौद्धिष्टको गुम्बा वा हिन्दुको तीर्थस्थल हुन् । सबैलाई समानरुपमा हेर्नुपर्छ र ति सबैको समानुपातिक विकास जरुरी छ ।’, उनले भने, ‘मेरो पहल सबै क्षेत्र, समुदाय र वर्गको विकास गर्नु रहन्छ, सबैको सम्मान गर्छु ।’ उनले आफूले अवसर पाए क्षेत्रको विकास, हरेक नागरिकको सम्मान र अधिकारका लागि लड्ने जनाए ।
बोहराले नेपालीहरु कुनै पनि बहानामा विभाजित हुन नहुने जनाउँदै विभाजन गर्न खोज्ने तत्वहरुबाट सतर्क रहनु पर्नेमा जोड दिए । उनले राज्यको शक्ति, स्रोत, ज्ञान, अवसरमा सबैको समान पहुँच हुनुपर्ने बताए । सीमान्तकृत समुदायमाथि अझै पनि विभेद, बहिष्करण, दमन, उत्पीडन भइरहेको उनको भनाई छ ।
नेपालको हरेक परिवर्तनमा सीमान्तकृत र पिछडा वर्गले कहीँ न कहीँबाट योगदान दिएको जनाउँदै त्यसको सम्मानका लागि पनि समानुपातिक विकास, उत्थान र अवसरका कार्यक्रमहरु जरुरी रहेको राप्रपा उम्मेदवार बोहराको भनाई छ । बोहराले रोहिणीलगायत समग्र क्षेत्रमा सबैको हसभागितामा विकासका योजना अगाडि बढाइने बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology